शरद सहकारीको अध्यक्षमा राजकुमार


पुष २५, २०७७, शनिबार | दिउँसो ०२:०९ बजे | 25


भक्तपुर । शरद बचत तथा ण सहकारी संस्था लिमिटेड जगाती भक्तपुरको अध्यक्षमा राजकुमार बनमाला निर्वाचित भएका छन् । संस्थाको शनिबार भक्तपुरमा भएको १३ औं वार्षिक साधारणसभाबाट बनमालाको अध्यक्षमा ९  सदस्यीय नयाँं सञ्चालक समिति गठन भएको हो ।
नयाँं सञ्चालक समितिको उपाध्यक्षमा राजाराम बासी, सचिवमा सतेन्द्र सुकुभटु, कोषाध्यक्षमा हरिराम कर्माचार्य निर्वाचित भएका छन् ।
[[img2]]
साथै सदस्यहरुमा सीताराम प्रजापति, बाबुकाजी मानन्धर, मञ्जु कुम्पाख, सचिना बनमाला र रामकृष्ण ह्योंगजु  निर्वाचिन भएका हुन् । संस्थाको लेखा सुपरीवेक्षण समितिको संयोजकमा हरिप्रसाद छ्वाजू, बाबुराज बाछाकछी र राजेन्द्र प्रजापति चुनिएका छन् । यसअघि साधारणसभाको उदघाटन जिल्ला वचत संघका व्यवस्थापक बालकृष्ण धोजू र प्राध्यापक पुन्यराम सुकुपायोले संयुक्त रुपमा गरेका थिए ।

फाेटाेमा हेर्नुहाेस्...

Comments