एकजना भक्तपुरे जो २५ वर्षदेखि एउटा अभियानमा छन् निरन्तर ..
भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं १ सिरुटारका एकजना व्यक्ति श्रीहरि सेल्फ रियलाइजेसनल फाउण्डेशन खोलेर एउटा अभियानमा जुटेका छन् । सिरुटारका चन्द्रहरि कायस्थले अध्यात्मिक नाम श्रीहरि राखेर अभियानमा जुटेका हुन् ।
बुधबार मध्यपुर थिमिमा पत्रकार सम्मेलन गरी उनी आफनो अभियानमा जोडिन सवैसँंग आग्रह गरे । उनले आफूले नौ दिन नौ रातसम्म पानीबाहेक केही पनि नखाई दैनिक १० देखि १४ किलोमिटर यात्रा गरेको पनि सम्झे । यस्तो काम हालसम्म दुई पटक गरेको उनले जनाए ।
के हो उनको अभियान ?
श्रीहरि आरोग्य साधनामार्फत विश्वभर स्वास्थ्य, शक्ति, आनन्द ज्ञान र प्रेमको सन्देश फैलाउदै एक विश्व, एक आध्यात्मिक परिवार’ भन्ने मूल भाव बोकेर स्थापित श्री फाउन्डेशनले विभिन्न देशका ३ लाख भन्दा बढी व्यक्तिहरूलाई आत्मसाक्षात्कार र समय कल्याणको मार्गमा डोच्याइसकेको छ ।
श्रीहरि आरोग्य साधना एक गहन आध्यात्भिक र स्वास्थ्यवर्धक अभ्यास हो, जसले तपा निस्वार्थ कर्म, सुमिरन (भगवान वा स्वयमको स्मरण) र समर्पण (पूर्ण आत्मसर्मपणः को माध्यमवाट शारीरिक, मानसिक र आध्यात्मिक सन्तुलन कायम गर्दछ । यो साधनाने रोग, चकान, चिन्ता, अपमानको दर र वियोगजाट मुक्ति दिलाउनुका साथै अखण्ड स्वास्थ्य, शक्ति, आनन्द, ज्ञान र प्रेमको प्राप्तिलाई प्रोत्साहन गर्छ ।
श्रीहरि भन्छन्
फाउन्डेशनका संस्थापक अध्यक्ष चन्द्र हरि कायस्थ (श्रीहरि) भन्छन्, श्रीहरि आरोग्य साधना केवल अभ्यास होइन, यो एक जीवनशैली हो, जसले व्यक्तिलाई आभी सांपो स्वरूप र भगवान वा स्वगमसँग जोड्छ ।
चन्द्रहरि कायस्थ, जो योग, ध्यान, जीवन दर्शनका प्रशिक्षक तथा वैीपक चिकित्साका अध्यकर्ता हुन् । उहाँं यो साधनाको प्रणेता हुनुहुन्छ । उहाँको दर्शन सत्य, भगवान वा स्वयमप्रति पूर्ण मान्यता र आत्मबोधमा आधारित छ ।
आधुनिक जीवनशैलीमा मानिसहरू बाहिरी साधनहरूमा निर्भर रहन्छन्, जस्तैः
औषधिले रोगको लक्षण कम गर्छ, तर मूल कारण हटाउँदैन ।
भोजनले शरीर निर्माणको तत्व हो, तर शक्तिको श्रोत होइन ।
धनले भौतिक सुख, सुविधा किन्न सकिन्छ तर सुख प्राप्त गर्न सकिदैन ।
पुस्तक वा शास्त्रहरूले सूचना दिन्छन्, तर वास्तविक ज्ञानको अनुभूति हुँदैन ।
व्यक्तिहरुले कर्तव्य पूरा गर्छन्, तर वास्तविक प्रेमको प्राप्त हुदैन् ।
श्रीहरि आरोग्य साधनाले यी सतही धारणाहरूलाई पार गर्दै व्यक्तिलाई भगवान वा स्वयम प्रति परमात्मा, विश्वशक्ति वा कुनै उच्च शक्ति) लाई स्वास्थ्य, शक्ति, आनन्द, ज्ञान र प्रेमको अखण्ड बोतको रूपमा स्वीकार गर्न पेरित गर्छ ।
चार आधारस्तम्भ ः समय कल्याणको आधार
श्रीहरि आरोग्य साधना चार प्रमुख अभ्यासमा आधारित छ, जसले व्यक्तिलाई आत्मसाक्षात्कार र कल्याणको मार्गमा डोहरयाउँंछ
तप (आत्मस्वयम) ः इन्द्रिय नियन्त्रण र सादगीको अन्याय, जसले शारीरिक र मानसिक शुद्धता ल्याउँछ ।
सेवा निस्वार्थ कर्म ः अहकारलाई कम गर्छ । प्रेम जामृत गर्त र तनाववाट मुक्ति दिन ।
सुमिरन (भगवान वा स्वयमको स्मरणः आत्मा शान्ति राख्छ र परम आनन्दको अनुभव गराउँछ ।
समर्पण (पूर्ण आत्मसर्मपणः अहकार र इच्छाहरूलाई त्यागेर भगवान वा स्वयमसंग एकताको अनुभव गराउँछ ।
यी अभ्यासहरूले साधकलाई रोग, थकान, चिन्ता र भ्रमबाट मुक्त गर्नुका साथै अखण्ड स्वास्थ्य, शक्ति, आनन्द, ज्ञान र प्रेम प्रदान गर्छ ।
विश्वव्यापी प्रभाव र वार्षिकोत्सबका गतिविधि
स्थापनाको छोटो अवधिमा फाउन्डेशनले १ हजार भन्दा बढी व्यक्तिहरुलाई प्रत्यक्ष र १० हजार भन्दा बढी व्यक्तिलाई अप्रत्यक्ष रुपमा सेवा प्रदान गरिसकेको छ । सस्थापक अध्यक्ष चन्द्रहरि कायस्थ (श्रीहरि) को २५ वर्षे साधनाको अथक यात्रामा विभिन्न देशका सय भन्दा बढी देशका ३ लाख भन्दा बढी व्यक्तिहरूलाई कार्यशाला, नाद–योग, ध्यान सत्र, र सामुदायिक कार्यक्रममार्फत सेवा प्रदान गरिसकेको छ । नेपाल, भारत, चिन, थाइल्याण्ड, जापान र युरोपलगायतका ३० भन्दा बढि देशमा पुगेर यो साधनालाई आफ्नो जीवनको अभिन्न अंग बनाउन प्रेरित गरिसकेको छ ु। वार्षिकोत्सवको अबसरमा फाउन्डेशनले २०८२ मा १० हजार भन्दा बढी व्यक्तिहरुलाई योग ध्यान सत्र, स्वास्थ्य जांच शिविर र सामुदायिक सेवा कार्यक्रम मार्फत प्रत्येक्ष र विश्वभरका व्यक्तिहरूलाई जोड्न अनलाइन योग–ध्यान सत्र र बेचिनारहरू मार्फत १ लाख भन्दा बढि व्यक्तिहरुलाई अप्रत्येक्ष सेवा प्रदान गर्ने लक्ष्य राखेको छ ।
आत्मसाक्षात्कारको मार्ग ः म को हूँ?
श्रीहरि आरोग्य साधनाको केन्द्रमा गहन प्रश्न छ ’म को हूँ के हैं । श्रीहरि भन्छन्, ’हाम्रो साँचो स्वरूप भगवान वा स्वयमको अंश हो, तर शरीर, मन, बुद्धि र अहकारले यो सत्य ढाकिएको हुन्छ । यो साधनाले साधक वा व्यक्तिलाई आफ्नो साक्षी चैतन्यसंग जोड्छ । आवागमनको चकबाट मुक्त गर्छ । अन्तिम लक्ष्य आत्मसाक्षात्कार र भगवानसंग एकाकार हो ।
पत्रकार मित्रहरूलाई विशेष आह्वान
आदरणीय पत्रकार बन्धुहरूलाई श्रीहरि आरोग्य साधनाको सन्देश विश्वभर फैलाउन हार्दिक अनुरोध गर्दछौ । यो माधना आधुनिक जीवनका तनाव स्वास्थ्य समस्याहरू र आध्यात्मिक रिक्ततालाई सम्बोधन गर्ने एक शक्तिशाली माध्यम हो । तपाईको सञ्चार माध्यममार्फत यो सन्देश माझा गरेर स्वस्थ, मस्त र आनन्दमय विश्व निर्माणमा सहयोग गर्नुहोस् । यो सन्देशले आत्मसाक्षात्कार, वैकल्पिक स्वास्थ्य र आध्यात्मिक जीवनशैलीमा रुचि राख्ने पाठकहरूलाई प्रेरित गर्नेछ ।
यात्रामा सहभागी हुनुहोस्
श्रीहरि सेल्फ रियलाइजेशनल फाउन्डेशन सबै उमेर, पृष्ठभूमि र विश्वासका व्यक्तिहरूलाई यो साधनामा सहभागी हुन स्वागत गर्दछ । सुरु गर्नका लागिः
१ सत्य धारणा अगाल्नुहोस् ः बाहिरी साधनमा निर्भरता कम गरी भगवान वा स्वयमलाई कल्याणको स्रोत मान्नुहोस् ।
२ दैनिक अभ्यास तप मेवा, मुमिरन र समर्पणको लागि हरेक दिन १०–१५ मिनेट छुट्याउनुहोम ।