१३ औँ ख्वप वचत तथा ऋण सहकारी सस्था लिको वार्षिक साधारण सभा
पुष २५, २०७७, शनिबार | दिउँसो ०२:०० बजे | 45
भक्तपुर । १३ औँ ख्वप वचत तथा ऋण सहकारी सस्था लिको वार्षिक साधारण सभामा अध्यक्ष राजकुमार लघुको सभापितत्वमा प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीको केन्द्रीय सदस्य एवं सङ्घिय प्रदेस संसद कामरेड प्रेम सुवालले पानसमा दिप प्रज्ज्वलन गरेर १३ औँ वार्षिक साधारण सभाको समुदघाटन गर्नु भयो ।
प्रमुख अतिथिले उदघाटन भाषणमा कोरोनाको समय छ अहिले पनि सावुन पानीले मिचीमिची हात घुनु पर्छभनु भयो । सस्थार सस्थामा वचत गरेको पैसा भविष्यको लागि हो । उत्तरकोरियामा समाजका व्यक्तिहरूलाई वुध्दिजीवीकरण गरेको थियो । वुध्दिजिवीकरण भनेको शिक्षामा बि.ए. पास गरेको व्यक्तिलाई लिएको हो । बिकास भनेको शिक्षामा मानिसलाई शिक्षित गरेर व्यवहार,वोली वचन मिठो गर्न सक्नु राम्रो हो । त्यसलाई साँस्कृति बिकास हो भनु भयो ।
वचत सस्थाले विभिन्न तालिमहरू दिनुपर्छ जस्तो कि म्सिचर,कुकर,ग्याँस चुलो,वासिङ्मेशिन र फ्रीज मेशिन विग्रिएको मर्मत गर्ने तालिम दिनुपर्छ । जनताको छोराछारीहरूले पढ्न पाउनुपर्छ । जनथामा राजनीति चेतना विकास र आर्थिक समानता हुनुपर्छ । धेरै मान्छेले काठमाण्डौमा जग्गा र घर वनाउने भनेर भने किन काठमाण्डौमा घर जग्गा भनेर सोध्दा चुनावमा जितेर आउनलाई भन्छन् । उनीहरूले याहाँ घर पनि जग्गा पनि किनेछ त्यो जिल्लामा पनि घर छदैछ । हामीले घर वेचे र जग्गा वेचे हाम्रो अरूठाउँमा वनाउन सकेन ।
प्रधानमन्त्रलाई पार्टीले काम र्न नदिएकोले नै संसद विघट्न गरेको कुरा वताउनु भयो । चिनीयाँहरू नेपालमा आए। नेपालमा राजनैतिक आगलागि भयो देस जल्यो आगो निभाउन आएको भनुभयो ।
२ वडा अध्यक्ष हरि प्रसाद वासुकलाले नगरमा रहेको सहकारी सस्थालाई अनुदान दिने कुरा उठाउनु भयो । एकजना सदस्यले एकवटामात्र सस्थामा सदस्यथा लिने प्रब्दान आएको छ भनुभयो । जग्गा एकिकरणको वारेमा विचार दिनु भयो। जिल्ला सहकारीसंघका प्रतिनिधि तुल्सीहरि प्रजापती सरले शुभकामना मन्तव्य सल्लहाकारहरू कुमार लघु,अर्का कृष्णभक्त लघु, सचिव लक्ष्मी नारायण सुवालले वार्षिक प्रतिबेदन ,अमर वासुकलाले यसवर्षको वजेट प्रस्तुत गरेको ,लेखा सुपरिवेक्षणको संयोजक लक्ष्मीदास वासुकलाले लेखाको प्रतिबेदन पेस गरेको थियो ।
आगन्तुक प्रमुख अतिथि,अतिथिहरूलाई सस्थाको महिला उप समितिको ववी मैयाँ लघुले वायज,कापी कलमदिएर स्वागत र स्वास्थ्य उप समितिको संयोजक निलकमल सुवालले भक्तपुरको कालो टोपी लगाई दिएर सन्मानगर्नु भएको थियो ।
सभाको अन्तमा सभापतिले माथि सचिव लक्ष्मी नारयण सुवाल , कोषाध्यक्ष अमर वासुकलाले र लेखा सुपरवेक्षणले पाठ गरेको प्रतिबेदनलाई सभापतिको अनुरोधमा सर्वसमतले तालि वजाएर पास गर्नु भएको थियो ।
स्वागत भाषण राजेश व्यान्जूले गर्नुभयो ।
यसवर्षको लाभाँस १२५,पारवहन रू१००र शेयर पूँजी १,२५,०००००र यस वर्षको वजेट रू अनुमानित १६,००,००,०००र रहेकाछन्।
अन्तिममा सभापति राजकुमार लघुले प्रतिबेदन पास गर्नु भएको र सभालाई गरिमामय वनाउन पाल्नु भएका प्रमुख अतिथि, जिल्ला सहकारी प्रतिनिधि, सल्लहाकारहरू, सस्थापकहरू,साधारण सदस्यहरू लाई ,उपस्थित कर्माचारी र क्यामरा म्यानहरूलाई धन्यवाद भन्दै सभा सफलतामा पु(याउन सहयोग गर्नु भएकोमा खुसीले फेरि धन्यवाद दिएर सभा विर्सजन गर्नु भयो