काक्राबारीको प्लटिंग वन्द


बैशाख २६, २०८२, शुक्रबार | दिउँसो ०३:१८ बजे | 45


काक्राबारीको प्लटिंग वन्द

भक्तपुर । भक्तपुरको काक्राबारीमा डोजर चल्न वन्द भएको जनाइएको छ । प्रशाशनको दवावपछि शुक्रबार विहानदेखि डोजर चल्न वन्द भएको जनाइएको छ । जिल्ला प्रशाशन कार्यालय भक्तपुरले अवैध प्लटिंग भएको भन्दै तत्कालका लागि बन्द गर्न निर्देशन दिएको थियो । स्थानीयको विरोधपछि प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालसहितको टोली प्लटिंगस्थल पुगेको थियो । त्यसपछि तत्कालका लागि वन्द गर्न निर्देशन दिएको थियो । 
प्रशाशनको निर्देशनपछि पनि छिनमा चल्ने छिनमा वन्द हुने गरेको जनाइएको छ । अनुगमनमा कोही आएपछि वन्द गर्ने र गएपछि फेरि चल्ने गरेको जनाइएको छ । यसैवीच यसबारेमा शनिबार गाउँंमा छलफल कार्यक्रम रहेको जनाइएको छ । 

Comments