उर्जामन्त्रीले लोडशेडिंङ अवश्यम्भावी छ भन्नु दालमा कुच काला हे
बैशाख २६, २०८२, शुक्रबार | विहान ०८:४९ बजे | 50
काठमाडौ । उर्जामन्त्रीले लोडशेडिंङ अवश्यम्भावी छ भन्नु कहीं न कहीं उपभोक्ता हित बिपरितको खेल भइरहेको आंशका गरिएको छ । राष्टिय उपभोक्ता मञ्चले शुक्रबार विज्ञप्ति प्रकाशित गरी बिद्युत र बिद्युत सामाग्रीको कारोवार गर्ने व्यापारीको चलखेल र भ्रष्टाचारजन्य कृयाकलाप हुनसक्ने भएको जनाएको छ ।
विज्ञप्ति
नेपाल सरकारले केही समय अगाडी बिभिन्न कारण देखाइ नेपाल बिद्युत प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतबाट हटाइएको कूलमान घिसिंङले नेपाल बिद्युत प्राधिकरणलाइ ०७४।०७५ देखि चालु आ.ब. सम्ममा संचित नाफा ४७ अर्ब नाफामा रहेको र हितेन्द्र देव शाक्य प्रमुख कार्यकारी अधिकृत भई आएपछि देखाएको तथ्यांक अनुसार ५ अर्ब २६ करोड संचित घाटामा रहेको देखाएको कारणबाट आम नेपाली ठूलो भ्रममा परेको छ । एउटै संस्थाको घाटा नाफा एक महिना भित्र प्रस्तुत गरेको तथ्यांकमा ठूलो फरक देखिएको अवस्थामा सरकारले यस बिषय सत्यतथ्य बिवरण तत्काल बाहिर ल्याउनुपर्ने र सम्भावित उर्जा संकटबाट त्राण दिलाउन राष्ट््िरय उपभोक्ता मन्चको मांग छ ।
नेपाली जनताले मैनबति र इन्भर्टर बाल्न बिर्सिसकेको अवस्थामा उर्जामन्त्रीले लोडशेडिंङ अवश्यम्भावी छ भन्नु र नाफाघाटाको फरक तथ्यांक प्रस्तुत हुनुमा कहीं न कहीं उपभोक्ता हित बिपरितको खेल भईरहेको, बिद्युत र बिद्युत सामाग्रीको कारोवार गर्ने व्यापारीको चलखेल र भ्रष्टाचारजन्य कृयाकलाप हुनसक्ने भएकोले यस बिषयमा सरकारले सही जवाफ आम नागरिक समक्ष दिनै पर्दछ ।
हालै भारतको कश्मिरको पहलगाममा एक जना नेपाली सहित २६ जनालाई जात र धर्म सोधीसोधी आतंककारीले हत्या गरिएको घटनाप्रति मन्चले अत्यन्त अमानवीय घटनाको रुपमा लिएको छ । तर यो घटना भन्दा पनि डरलाग्दो सोही घटनाको कारण भडकेको भारत पाकिस्तान युध्दले आम नेपाली जनताको दैनिक जीवनमा पर्नसक्ने नकारात्मक प्रभावप्रति सरकार सचेत रहन र दैनिक उपभोग्य वस्तुहरुको आपूर्ति व्यवस्था सुदृढ गर्दै नेपाली जनतालाई आश्वस्त पार्नको लागी नेपाल सरकारले आवश्यक पहल गर्नको लागी राष्ट््िरय उपभोक्ता मन्चको मिति २०८२ बैशाख २५ गते बसेको केन्द्रीय समितिको बैठकले आव्हान गरेको छ ।
(प्रेमलाल महर्जन)
अध्यक्ष