दतात्रयमा दीप प्रज्ज्वलन तथा शुभकामना आदानप्रदान
बैशाख २५, २०८२, बिहीबार | दिउँसो १२:०२ बजे | 95
राम चन्द्र प्रजापति
भक्तपुर २५ बैशाख
बागमति प्रदेशमा खससहित नेपाभाषा र तामाङ्ग भाषालाई सरकारी कामकाजी भाषाको रुपमा लागू गर्ने धोषणा गरेको दिनलाई भाषा दिवसको रुपमा गत बर्षबाट बिदा समेत दिई भव्यरुपमा मनाउँदै आएको थियो । यसबर्ष पनि बैशाख २४ गते बागमति प्रदेशमा बिदा दिने धोषणा गरी राजपत्रमा समेत प्रकाशित गरिसकेको छ ।
सो अवसरमा नेवाः देय् दबू ख्वप नगर समिति, नेपाल तामाङ घेदुङ्ग जिल्ला समिति भक्तपुरको आयोजनामा बुधबार भक्तपुर नगरपालिका वडा नं ९ दतात्रयस्थित दिप प्रज्ज्वलन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा नेपाल तामाङ घेदुङ्ग जिल्ला अध्यक्ष कान्छा तामाङले विगतमा सरकारी कार्यालयमा नेपाली भाषा बाहेक अन्य भाषा बोल्न पाइन्न नेपाल भाषा र तामाङ भाषा प्रयोग गर्दा अपमानित हुनुपर्ने र आफ्नो भाषालाई दबाइरहेको अब बागमती प्रदेश सरकारले नेपाल भाषा र तामाङ भाषाबाट लेख्न बोल्न पाउने अधिकार कानुनले प्रदान गरिएको छ ।
त्यस्तै नेवाःदेय् दबू ख्वप जिल्ला समितिका अध्यक्ष नरेश सुवालले भाषा नभए जाती रहन्दैन, त्यसैले बागमती प्रदेश सरकारले नेपालभाषालाई बागमती प्रदेशमा नेपालभाषाबाट सरकारी कार्यलयमा निवेदन तथा आफ्नो कुरा प्रष्ट राख्न सकिनेछ । यदि कामकाज गर्न सरकारी कार्यालयमा नेपालभाषाको अनुवाद गर्न कर्मचारीको व्यवस्था गर्न बागमती प्रदेश सरकारले व्यवस्थापन गर्न अध्यक्षले सरकार समक्ष आग्रह गनु भयो।
कार्यक्रममा नेवाःदेय् दबू ख्वप नगर समितिका उपाध्यक्ष राम चन्द्र प्रजापतिले बागमती प्रदेश सरकारले सविधानले दिएको अधिकार प्रयोग गरि बागमती प्रदेशको स्थानिय तह लगाएत विभिन्न सरकारी कार्यालयमा नेपालभाषा र तामाङ भाषालाई कामकाजको लागि प्रयोग गर्न कानुनले दिएको अधिकारलाई तपाई हामी सबैले व्यवहारमा प्रयोग गर्नु हुन अनुरोध गर्नु भयो तपाई हामीले प्राप्त भएको अधिकार यदि प्रयोग गरेन्न भने त्यो प्राप्त भएको अधिकार सरकारले वेवास्ता नगर्लान्न भन्न सकिन्न। त्यसैले भक्तपुर नगरपालिका भित्र बसोबास गर्ने ९८ प्रतिशत नेपालभाषा बोल्ने नेवा जाती रहेको छ जहाँ नेपालभाषा प्रयोग गर्न स्थानिय सरकारले नेपालभाषा मै पढ्न पाठयक्रम बनाउनु पर्ने बताउनु भयो।नेपालभाषा अनुवादक राखी रोजगारको अवसर प्रदान गर्न सकिने बताउनु भयो। नेवाः मिसा दबू ख्वप जिल्ला सदस्य सरस्वती प्रजापति नेवाःदेय् दबू ख्वप नगर अध्यक्ष लागाएतले भाषा दिवसको अवसरमा शुभकामना दिनु भयो।