अरनिको वचत तथा ऋण सहकारी सस्था लिको १० औँ वार्षिक साधारण


पुष २४, २०७७, शुक्रबार | दिउँसो ०२:२९ बजे | 35


भक्तपुर । आज हाम्रो अरनिको वचत तथा ऋण सहकारी सस्था लिको १० औँ वार्षिक साधारण सभा कोभिड २९ लाई ध्यानमा राखी  आफ्नै कार्यालयमा सामाजिकदूरीलाई कायम गरि सस्थाका सल्लहाकार प्रमुख अतिथि वालमुकुण्ड वासुकला ज्यूले पानसमा  दिप प्रज्जवलित गरेर उदघाट्न गर्नु भयो ।

आजको सभाको सभापति विरेन्द्र वासुकलाको अध्यक्षतामा १०औँ  वार्षिक साधारण सभा सुरू गरियो । सभामा प्रमुख अतिथि एवंम् सल्लहाकार वालमुकुण्ड वासुकलाले वार्षिक साधारण सभा भएकोमा खुसी व्यक्त गर्नु भयो । सस्था १० औ वर्षमा प्रवेस गरेकोमा शुभकामना दिनुभयो । सहकार्य भनेको वुझ्नुपर्छ । कमै व्याजमा हाम्रा साथीहरूलाई ऋण दिनु पर्छ ।अरू वचत सस्थाहरूसित प्रतीस्पर्धा गर्नु नि पर्छ । हरेक वर्ष ऋण,साँवा र व्याज चुक्ता गरि अगाडि बद्नु पर्छ भनुभयो ।
[[img2]]
समान ज्याला कम्युनिष्ट देसमा हुन्छ  । पूँजीवादी देसमा असमान ज्यालामा काम गर्न वाध्य पार्छन् । हाम्रो देस अरूको तुलनामा धेरै पछि परिसक्यो भनु भयो । स्वास्थ राम्रो वनाउन सरसफाई राम्रो गर्नुपर्ने र वचत गर्दै अगाडि वद्नु पर्ने भएर मन्तव्य दिनु भयो । कोषाध्यक्ष अनिता वासुकलाले २३,१७,२००र(वजेट तर्जुमा गरेको र सचिव गन्जनमान राजचलले कोभिड १९ले प्रभाब परेको समयमा निश्चित र वाध्यताले कोठामा सिमित पार्न परेको र आगामि दिनमा सवैको साथ र सहयोग भएमा आउँदा दिनमा सहकारी सस्था सफल पार्ने उद्देश्यकोकुरा वताउनु भई विदा लिनु भयो । प्रमुख अतिथिलाई खाडा ओडाएर सभापतिले सम्मान गर्नुभयो त्यसपछि सभापतिलाई सचिवले खाडा ओडाई सम्मान गरेको थियो ।
सभाको अन्तमा सभापति सस्थाको अध्यक्ष विरेन्द्र वासुकलाले कोभिड ( १९को माहामरीको कारणले यो वर्ष कोठामा कार्यक्रम गर्नु परेको र यो सस्थाको जन्म ९वर्ष अगाडि दर्ता २०६७र३र१९ गते र कार्यालय स्थापना गरि मिति २०६७र५र१ गतेदेखि हरेक वर्ष भाद्र १ गते स्थापना दिवस मनाउदै आएको स्मरण गराउनु भयो । सस्थालाई सहयोग र विकासगरि  लानु पर्ने र सवैलाई मासिक वचत र मुद्दती सवै प्रकारको वचत गर्न अनुरोध गर्दै उपस्थितहरू सवैलाई धन्यवाद गरि सभा विर्सजन गर्नुभयो । सस्थाले लाभाँस र पारवह  पुषको २४ गतेदेखि पुस २९ गतेसम्म वितरण गर्ने जानकारी र सो कुरा उद्घोषण कार्य समितिको सदस्य विरेन्द्र माकले गर्नु भयो ।

फाेटाेमा हेर्नुहाेस्...

Comments