सता जुहारी
  • Post Date 2021-01-08 08:15:07

डा इन्दुल केसी


सता जुहारी
आज एक अर्कामाथि खनिएर
आरोप प्रत्यारोपको जुहारी ।
लुकाइछिपाई गरेको राष्टको ब्रम्हलुट
अव जगजाहेर भई छताछुल्ल ।
देश र जनताको नाइके भनाउँंदाहरु
नताबाद, कृपाबाद, राष्ट नै बर्वाद ?
विदेशी चलखेलका भरौटेहरु
अव उनीहरुकै नोकर बन्न तयार ।
जगविना ठडाइएका एक तल्लाको घर
एकै चोटमा भष्माभुस चकनाचुर ।
बोलीको गोलीमात्रै होइन
धारिलो खड्गको ठूलो प्रहार ।
एउटै जिउका दुई वटा टाउकाहरु
धमाधम आफैं काटिन थाले ।
सतासिन एक मण्डलीको हालिमुहाली
संसद विघटनले पदविहीनहरुको वेहाल ।
देशको सर्वाेच्च डवलीमा
कानुनविद्हरुको नाटक मञ्चन
केन्द्र प्रदेश जिल्ला नगर गाउँंगाउँंमा
घन्यो नाका जिन्दावाद् मुर्दावादेको जुहारी ।
...

All Comments.......


Please Login/Register To Comments