निःशुल्क एआई टुल्स तालिम सम्पन्न


बैशाख २४, २०८२, बुधबार | विहान ०५:२३ बजे | 25


नेक्स्टस्टेप इन्फोटेक ट्रेनिङ सेन्टरले भक्तपुरस्थित बागीश्वरी माध्यमिक विद्यालयमा कक्षा ९ देखि १२ सम्मका सिभिल इन्जिनियरिङ्गका विद्यार्थीहरूलाई लक्षित गरी निःशुल्क एआई टुल्स तालिम सफलतापूर्वक सम्पन्न गरेको छ।

यस तालिमको उद्देश्य विद्यार्थीहरूलाई आधुनिक प्रविधिहरूको ज्ञान प्रदान गर्दै उनीहरूको सृजनात्मकता, विश्लेषणात्मक क्षमता र परियोजना व्यवस्थापनमा दक्षता अभिवृद्धि गर्नु थियो। तालिममा एआई टुल्सको प्रयोगबाट डिजाइन, विश्लेषण र योजना निर्माणमा Productivity बढाउने तरिकाहरू सिकाइयो।

कार्यक्रममा बागीश्वरी माध्यमिक विद्यालयका शिक्षक दिपेश प्रधानको विशेष योगदान रहेको थियो। उनको सहयोगले यो तालिम सफलतापूर्वक सम्पन्न गर्न मद्दत पुर्‍यायो।

नेक्स्टस्टेप इन्फोटेकले भविष्यमा पनि यस्ता तालिमहरू सञ्चालन गर्दै विद्यार्थीहरूलाई प्रविधिमा सशक्त बनाउने लक्ष्य राखेको छ। यदि तपाईंको विद्यालय वा संस्थामा यस्ता तालिमहरू सञ्चालन गर्न चाहनुहुन्छ भने, तलको सम्पर्क विवरणमा सम्पर्क गर्न सक्नुहुन्छ:

???? च्यामासिङ (नाला बसपार्क नजिक), भक्तपुर
???? ०१-६६११८१५ / ९८५१३२०२४

Comments