काक्राबारीको प्लटिंग रोक्न सिडिओले दियो निर्देशन


बैशाख २२, २०८२, सोमबार | विहान ०६:५८ बजे | 170


काक्राबारीको प्लटिंग रोक्न सिडिओले दियो निर्देशन

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका-९ स्थित काँक्राबारीमा अनधिकृत रूपमा जग्गा प्लटिङ भइरहेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरले आइतबार साँझ गरेको अनुगमनमा क्रममा बिनास्वीकृति ४५० रोपनी क्षेत्रफलमा प्लटिङ भइरहेको पाइएपछि रोक्न प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले निर्देशन दिनुभएको छ ।

तत्कालका लागि काम रोकेर यस क्षेत्रमा के कस्तो क्षति भएको यकिन गरी प्रतिवेदन तयार गरेपछि मात्र प्रशासनले आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउने प्रमुख जिल्ला अधिकारी अर्यालले बताउनुभयो । सूर्यविनायक नगरपालिका र वडा कार्यालयलसँग जग्गा सम्याउने स्वीकृति लिएर व्यवसायीहरूले अनधिकृत जग्गा प्लटिङ गरिरहेको नगरपालिकाले जनाएको छ । धेरै एक्सकाभेटर प्रयोग गरी भिरालो जमिन सम्याइरहेको र प्लटिङ गर्न उपत्यका विकास प्राधिकरणले तत्कालका लागि स्विकृत नदिएका कारण स्वीकृति लिएर मात्रै प्लटिङ गर्न प्राधिकरणका पदाधिकारीहरूले निर्देशन दिएका छन् ।

वन क्षेत्र मिचेर प्लटिङ भइरहेकाले वन ऐन अन्तर्गत कारबाही हुने डिभिजन वन कार्यालयले जनाएको छ । नापी कार्यालयले उक्त क्षेत्रमा वन क्षेत्र र निजी जग्गा सीमांकन गरिसकेको छ । उक्त प्लटिङ निक भुजिकिक हाउजिङ कम्पनीले गरिरहेको छ । प्लटिङ गर्दा खानेपानीका मुहान समेत पुरिएको स्थानीहरूको भनाइ छ ।

Comments