पर्सि स्यस्यः समाजको वार्षिकोत्सव
बैशाख १८, २०८२, बिहीबार | विहान १०:०८ बजे | 40
ललितपुर । स्यस्यः समाज ललितपुरले स्थापना दिवसको अवसरमा शनिबार ललितपुरमा रयाली गर्ने भएको छ । बुधबार पत्रकार सम्मेलन गरी रयालीले ललितपुर नगर परिक्रमा गर्ने जनाइयो ।
सम्मेलनका समाजका अध्यक्ष नवीनमंगल जोशीले ११ औं वार्षिकोत्सवको अवसरमा पहिलो पटक रयाली गर्न लागेको जनाए । रयाली मंगलबजारबाट सुरु भई पिम्वहाल अशोक पार्टी प्यालेसमा पुगेर टुंगिने उनले जनाए । रयाली मंगलबजारबाट इच्छुगल्ली, इखालखु, पूर्णचण्डी हुँदै पिम्वहालको पार्टी प्यालेशमा पुगेर टुंगिने उनले जनाए ।
समाजका महासचिव कृष्ण जोशीले उपप्रधानमन्त्री प्रकाशमान सिंहको प्रमुख आतित्थतामा हुने कार्यक्रममा स्यस्यः समाजका एकजना वरिष्ठ व्यक्तित्वलाई सम्मान गर्ने कार्यक्रम रहेको बताए । स्यस्यः समाज नेवार समुदायका एक सय ६ थरमा मानिसहरुको एउटा समूह हो ।
“झी स्वस्यः झी नेवाः, झीगु तजिलजि, झीगु म्हसिका ! सकल नेपाः मि छची छप्पं, ज्वीगु झीगु राष्ट्रिय एकता !! अर्थात् “हामी स्यस्यः, हामी नेवाः, हाम्रो परम्परा, हाम्रो परिचय, सबै नेपाली एक धिक्का, एक जुट हाम्रो राष्ट्रिय भन्ने मुल नारा रहेको छ ।
राष्ट्र निर्माणमा सहभागी हुन यस सांस्कृतिक तथा ऐतिहाँसिक नगर ललितपुरमा यस स्यस्यः समाजको विधिवत दर्ता २०७० चैत्र १० गते भएर १० वसन्त पार गरेर माध्यामिक स्तरको विद्यालय पार गरी उच्च माध्यामिक तिर लागिरहेको छ ।
नेवाः समाजमा ब्राह्मण, क्षेत्री, वैश्य र शुद्र मध्ये स्यश्यहरु ब्राह्मण, क्षेत्री र वैश्य जाती हुनुका साथै १०० भन्दा बढी चरमा भएर विभिन्न श्रोत तथा साधन परिचालन सहित आफ्नै मौलिक भाषा, संस्कृति र परम्पराका धनी भई सामाजिक परवेशमा कहलिएको जात हो । स्वस्यहरुको काठमाडौं उपत्यका मूल स्थान भएता पनि नेपालको ७७ जिल्लामा फैलिएका छन् ।
यस जाती उद्योग, व्यापार, प्रशासन तथा न्याय क्षेत्रमा अतिरिक्त राजनीतिक पनि कहलिएको व्यक्तित्वहरुका अतिरिक्त व्यापारको सिलसिलामा तिब्बतको ल्हासासम्म पनि आफ्नो कुशलता कायम गरेता पनि समय परिस्थितिको वदलिंदो अवस्थाले हाल आएर माथि उल्लेखित क्षेत्रहरुमा हास आएर नयाँ पिवि विभिन्न मुलुकहरुमा पलायन हुन वाद्य भएका छन् । हालको परिस्थितिलाई मध्यनजर गरी स्यस्यहरुको विकास र सम्बर्धनको लागि गतिशिल संस्था संरचनाको लागि हिजो आज र भोलि कार्यशाला गोष्ठी गरी अल्प–कालिन, मध्य–कालिन र दीर्घकालिन रणनीति तयार गर्ने सिलसिलामा समस्या पहिचानको लागि शुभारम्भ गरेको छ ।
यस समाजको मूल उद्देश्य नेवाः समुदायको अतिरिक्त देशका अन्य सबै जाति समुदायमा समन्वय गरी देशको सम्पदा जगेर्ना गरी उन्नति र राष्ट्रिय स्वाभिमानको लागि पहल गर्ने रहेको जनाइएको छ । साथै नेपाल सरकार एवम् स्थानिय सरकार समेत अग्रसरतामा मुलुकको मुर्त तथा अमूर्त सम्पदा जगेर्ना गर्नको लागि आवस्यक कदम चाल्न ढिलो नगरी कार्यान्वयन गर्न जरुरी देखिएको छ ।
स्थापना दिवस कार्यक्रमस्थल अशोक पार्टी प्यालेसमा विहान १०ः३० वजेवाट आवस्यक दर्ता कार्य शुरु गरी ११ः३० बाट विभिन्न कार्यक्रम गरिनेछ । त्यस अवसरमा समाजमा योगदान गरेका एक प्रतिस्थित व्यक्तिलाई सम्मान गर्ने, उत्कृष्ट इलाकाको घोषणा गर्ने, १२ कक्षा अन्तरगत विज्ञान तथा व्यवस्थापनमा वढी अंक ल्याउने छात्रालाई छात्रवृत्ती सहित सम्मान गर्ने रहेको जनाइएको छ ।