मजदुर दिवसको अवसरमा भक्तपुरमा जुलुश तथा सभा


बैशाख १७, २०८२, बुधबार | दिउँसो ०३:५८ बजे | 185


मजदुर दिवसको अवसरमा भक्तपुरमा जुलुश तथा सभा

भक्तपुर । १३६ अन्तर्राष्ट्रिय श्रमिक दिवस दिवसको अवसरमा बुधबार भक्तपुरमा जुलुश तथा सभा भएका छ । नेपाल क्रान्तिकारी मजदुर संघ भक्तपुर जिल्ला समितिको आयोजनामा कार्यक्रम भएको हो । 
कार्यक्रम अन्तर्गत सूर्यमढीबाट जुलुशबाट सुरु भएको थियो । रयालीपछिको सभा तेखापुखुमा भएको थियो । 
कार्यक्रममा प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका केन्द्रिय सचिव एवं संघीय सांसद् प्रेम सुवाल रहेका थिए । कार्यक्रममा पार्टी भक्तपुर जिल्ला अध्यक्ष एवं प्रदेश सांसद् सुरेन्द्रराज गोसाई, मजदुर नेता उपेन्द्र सुवाल, सिकर्मी संघका अध्यक्ष विक्रम धुकुछुलगायतले बोल्नुभएको थियो । 

Comments