ओली नेकपाको भक्तपुर नगरस्तरीय भेला सम्पन्न


पुष २२, २०७७, बुधबार | दिउँसो ०२:२६ बजे | 35


भक्तपुर । केपी ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भक्तपुर नगरस्तरीय अगुवा कार्यकर्ता भेला बुधबार भक्तपुरमा भएकोा छ । भक्तपुरको दूधपाटीस्थित एउटा पार्टी प्यालेसमा भएको भेलाका वक्ता नेताहरुले बैशाखमा घोषित चुनाव होमिन सवै कार्यकर्तालाई निर्देशन दिए । वक्ता पार्टीका केन्द्रिय नेताहरुले बैशाखमा चुनाव हुने निश्चित भएको बताए । उनीहरुले निर्वाचन आयोगले केपी ओलीलाई मात्रै चिनेको र उनको हस्ताक्षर गरेको नेकपा मात्रै चिनेको बताए । त्यसैले सूर्य चिन्ह आफूहरुको पार्टीले नै पाउने दावी उनीहरुले गरे ।
[[img2]]
कार्यक्रममा पार्टीका केन्द्रिय सदस्यहरु सरस्वती बाटी, विणा वास्तोला, बचन देउजा, रामहरि श्रेष्ठलगायतले बोलेका थिए । बाटी प्रदेश साँंसद, बास्तोला चाँंगुनारायण नगपालिकाकी उपप्रमुख, देउजा नेकपा भक्तपुर अध्यक्ष हुन् । कार्यक्रममा प्रदेश निर्वाचनमा नेकपाबाट भक्तपुर नगरका उम्मेदबार रोमन शिलाकार, सूर्यविनायक नगरपालिका वडा नं ८ का वडा अध्यक्ष किरण थापा, रामेश्वर थापा, सानु सुवाल, शिव वाला, विश्वराज शिल्पकारलगायतले बोलेका थिए ।

फाेटाेमा हेर्नुहाेस्...

Comments