चाँंगुको हेल्मेटडाँंडा र थिमिको एसएस चोकबाट जुवाडेहरु पक्राउ
बैशाख १६, २०८२, मङ्गलबार | विहान १०:५९ बजे | 115
भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ हेल्मेटडाँडामा जुवा तास खेलिरहेका मानिसलाई प्रहरीले पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा प्रहरी प्रभाग खरिपाटी भक्तपुरबाट खटिएको प्रहरी टोलीले जुवा तास खेलिरहेका ५ जना मानिस, ३ बुक तास र नगद रु.३४,९५०÷– (उनान्चालीस हजार नौ सय पचास) बरामद गरिएको जनाएको छ । साथै जिल्लाकै मध्यपुर ठिमी नगरपालिका वडा नं. ४ एस.एस. चोकमा जुवा तास खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले ९ जना मानिस, ६ बुक तास र नगद रु. १,२३,७५०।– (एक लाख तेइस हजार सात सय पचास) समेत बरामद गरेको जनाइएको छ । उक्त दुबै वारदात सम्बन्धमा मंगलबार जिल्ला प्रशासन कार्यालय भक्तपुरबाट जुवा सम्बन्धी कसुरमा ५ दिन म्याद थप भई अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।