भक्तपुरमा कोरोनाबाट एक सुत्केरीको मृत्यु भएको आशंका
जेठ २६, २०७७, सोमबार | विहान ०८:०६ बजे | 10
भक्तपुर । भक्तपुर अस्पतालमा आइतबार राति नौ बजेतिर एक सुत्केरी महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोक जिल्ला लिसंखु गाउँपालिका–३ घर भई चाँगुनारायण नगरपालिका–४ बस्ने ३६ बर्षिया महिला रहेको प्रहरीले जनाएको छ । सुत्केरी भएपछि उनको मृत्यु भएको र बच्चाको स्वास्थ्य अवस्था राम्रो रहेको समेत अस्पताल स्रोतले जनाएको छ । उनको कारोना परिक्षणका लागि स्वाब निकाली टेकु अस्पताल पठाइएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी सबिन प्रधानले जानकारी दिए । शव भक्तपुर अस्पतालमै रहेको छ । स्वाब परिक्षण पिसिआरको नतिजा कुरिरहेको जनाइएको छ । स्वाब परिक्षणको नतिजा आजै आउने समेत बताइएको छ ।