यस्तो हुँंदैछ शान्ति वाटीकाको आन्दोलन
बैशाख १५, २०८२, सोमबार | विहान ०९:२४ बजे | 90
काठमाडौं । आस्थाका बन्दीहरु तत्काल रिहा गर भन्ने नाराका साथ आइतबार राजधानीको नयाँं बानेश्वरमा प्रदर्शन भएको छ । धर्मनिरपेक्षता र गणतन्त्रको विरोधमा बन्देज लागाउने कानुन बनाउन पाइदैनलगयातका माग राखी जनप्रदर्शन भएको हो । राप्रपा नेपालको आयोजनामा कार्यक्रम भएको हो ।
कार्यक्रम राप्रपा नेपालको भए पनि आफूहरु पनि कार्यक्रममा एक्केवद्दता जनाउदै पुगेको राप्रपा भक्तपुर जिल्ला कार्यसमिति सदस्य सन्तोष सिलवालले बताए । कार्यक्रम शान्तिपूर्ण रुपमा चलिरहेको र त्यसमा विशाल जनसहभागिता रहेको उनले जनाए ।