भक्तपुरका पाँंचवटा मिठाई पसलहरुमाथि कारबाही (नामसहित)


बैशाख १४, २०८२, आइतबार | विहान ११:२६ बजे | 30


भक्तपुर । जिल्ला प्रशाशन कार्यालय भक्तपुरको संयोजकत्वमा भक्तपुर जिल्ला मध्यपुर थिमि नगरपालिका र सूर्यविनायक नगरपालिका अन्तर्गत रहेका ५ वटा मिठाइ पसलहरुको आइतबार अनुगमन गरिएको छ । अनुगमनका क्रममा कैफियत देखिएका मिठाइ पसलहरुलाई २७ हजार पाँंच सय जरिवाना गर्नुका साथै अन्दाजी १३ हजार बराबरको बिग्रिएका मिठाइ तथा खुवाजन्य पदार्थ जफत गरी नष्ट गरिएको छ ।
मातातीर्थ औंसी (आमाको मुख हेर्ने दिन) को अवसरमा भक्तपुरका विभिन्न नगरपालिकाहरुमा बजार अनुगमन गरिएका हुन् । जिल्लाको मध्यपुर थिमि नगरपालिका र सूर्यविनायक नगरपालिकाका विभिन्न ठाउँंहरुका मिठाई पसलहरुमा अनुगमन गरिएका हुन् । 
जिल्ला प्रशाशन कार्यालय भक्तपुरको नेतृत्वमा भएको अनुगमनका क्रममा दस हजारदेखि दुई हजार पाँंच सयसम्मको नगद जरिवाना कारबाही गराइएको छ । स्वास्थ्यको मापदण्ड पूरा नगरेका ती पसलहरुमाथि कारबाही गरिएका हुन् । 
मध्यपुर थिमिका चार र सूर्यविनायक नगरपालिकाका एक वटा गरी कुल पाँंच वटा पसलहरुमा अनुगमन गरिएको अनुगमनमा सहभागी राष्टिय उपभोक्ता मञ्च भक्तपुरका अध्यक्ष मनोज थापाले जानकारी गराए । पाँचमध्ये चार वटा पसलहरुलाई नगदसहितको कारवाही गरिएको जानकारी उनले गराए । एउटा पसललाई अनुज्ञापत्र लिएर मात्रै मिठाई प्याकिंग गर्न, ३० दिनभित्र अनुज्ञापत्र लिएर उद्योग तथा बाणिज्य कार्यालय भक्तपुरमा उपस्थित हुन निर्देशन दिएको जनाइएको छ ।
नगद कारबाहीमा परेका चारमध्ये सवैभन्दा वढी मध्यपुर थिमि नगरपालिकाको नयाँं थिमिका दुई वटा पसलहरुमाथि छन् । तिनीहरु दुवैमाथि दसदस हजार नगदसहित कारवाही गरिएका छन् । मध्यपुर थिमि नगरपालिका नयाँं थिमिस्थित शंखधर मिठाई पसल र धनुषा मिठाई पसललाई प्रति पसल दसदस हजार नगदसहितको कारबाही गरिएका हुन् । 
श्ांखधर मिठाई पसलमा मूल्यसूचि दैनिक राख्नुपर्ने, उत्पादित मिठाइहरुमा उत्पादन मिति, म्याद गुज्रने मिति र मूल्य खुलाई राख्नुपर्ने, सरसफाईमा ध्यान दिनुपर्ने, करचुक्ता समयमै गर्नुपर्ने, अनुज्ञापत्र लिएर मात्रै मिठाई प्याकिंग गर्नुपर्ने, स्थानीय निकायमा फर्म दर्ता गर्नुपर्ने कारवाही तथा निर्देशन दिइएको छ । साथै अन्दाजी तीन हजार पाँंच सय रकम बराबरको खुवाजन्य पदार्थ जफत गरी नष्ट गरिएको जनाइएको छ । उता धनुषा मिठाई पसल नयाँं थिमिमा पसल दस हजार नगदसहित अन्दाजी करिव पाँच हजार बराबरको मिठाई तथा खुवाजन्य पदार्थ जफत गरी नष्ट गरिएको जनाइएको छ । साथसाथै विभिन्न निर्देशनहरु दिइएको पनि जनाइएको छ । 
अनुगमन गरिएका कुल पाँंचमध्ये नयाँं थिमि भाटभटेनीस्थित राधेराधे स्वीट्सलाई मात्रै नगदसहितको कारबाही गरिएको छैन । यसबाहेक मध्यपुर थिमि नगरपालिकाको गुपा एण्ड स्वीट्स हाउसलाई पाँंच हजार नगदसहित विभिन्न निर्देशनहरु दिइएका छन् । 
अनुगमनमा उद्योग तथा वाणिज्य काार्यलय, राष्टिय उपभोक्ता मञ्च भक्तपुर तथा सरोकारवाला निकायका प्रतिनिधिहरु सहभागी थिए । 
 

Comments