लायन्सको द्वितीय भाइस डिष्ट्रक्ट गभर्नरमा भक्तपुरका प्रजापति विजयी ः अब लायन्सको सर्वाेच्च पद डिष्ट्रक्ट गभर्नर हुने 


बैशाख १४, २०८२, आइतबार | विहान ०९:४७ बजे | 125


लायन्सको द्वितीय भाइस डिष्ट्रक्ट गभर्नरमा भक्तपुरका प्रजापति विजयी ः अब लायन्सको सर्वाेच्च पद डिष्ट्रक्ट गभर्नर हुने 

भक्तपुर । लायन्स क्लबको आगामी बैशाख १३ गते राजधानीमा भएको तेस्रो वार्षिक महाधिवेशनमा द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नर पदमा भक्तपुरका लायन गोकुलप्रसाद प्रजापतिले विजयी बनेका छन् । लायन्समा २३ बर्षदेखिका अथक योद्धा समाजसेवी प्रजापति भक्तपुरका हुन् । उनीसँंग लायन्सको जोन तथा रिजन चियरपर्सन, डिष्ट्रिक्टका चेयरपर्सन, एरिया तथा चिफ एरिया र क्लष्टर कोअर्डिनेटर, डिष्ट्रिक्ट क्याविनेट ट्रेजरर, एलसिआईएफ कोअर्डिनेटर लगायत विभिन्न तहको लिडरशिपमा रहेर काम गरेको सफल अनुभब छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रमाणपत्र तथा विभिन्न पदकहरु प्राप्त गरी सफल अनुभब बटुलिसकेका उनी सरल सहयोगी व्यक्तित्वका धनी पनि हुन् । 
लायन्सको नियम अनुसार यो पदमा विजयी प्राप्तपछि उनी लायन्स अन्तर्राष्ट्रिय अन्तर्गत डिष्ट्रक्ट ‘जी’ को सर्वाेच्च पद डिष्ट्रक्ट गर्भनरमा पुग्न योग्य भएका छन् । यो सारा भक्तपुरबासीका लागि गौरबको विषय पनि बनेको छ । किनकि लाइन्समा यो चुनावबाट विजयी व्यक्ति एक वर्ष सेकेण्ड भाइस डिष्ट्रक्ट गभर्नर, अर्काे एक वर्ष फष्ट भाइस डिष्ट्रक्ट गभर्नर हुँंदै तेश्रो वर्षमा लायन्सको सर्वाेच्च पद डिष्ट्रक्ट गभर्नर हुने ब्यबस्था छ ।
‘सबैका प्रिय, मेहनती, शालिन, इमान्दार अनि सक्षम व्यक्तित्व भएकाले उनी विजयी हुन सफल भएको वताइएको छ ।
लायन्स अन्तर्राष्ट्रिय विश्वव्यापी सेवा गर्ने बिश्वकै ठूलो सेवामूलक संस्था हो । व्यवस्था अनुसार लायन डिष्ट्रक्ट ३२५ ले सम्पूर्ण देशभरको  लायनलाई जनाउँंछ । त्यसमा पनि डिष्ट्रिक्ट जी ले काठमाडौं, भक्तपुर, बनेपा, धुलिखेल, पनौती, सिन्धुली, रामेछाप, ओखलढुंगा तथा खोटाङका विभिन्न क्षेत्रका लायन्सहरु रहेको डिष्ट्रिक्ट हो । यसमा ती क्षेत्रका क्लबहरुमा रहेका लायन्सहरु मतदाता रहने व्यवस्था रहेको छ । महाधिवेशन काठमाडौंको राष्ट्रिय सभागृहमा भएको थियो ।
 

Comments