ईशान बाल तथा महिला अस्पतालले चारवटा संस्थासँग  एमओयु गरे


बैशाख १३, २०८२, शनिबार | विहान १०:२२ बजे | 140


ईशान बाल तथा महिला अस्पतालले चारवटा संस्थासँग  एमओयु गरे

समाजसेवी तथा पत्रकार राजन थापाको अगुवाइमा ईशान बाल तथा महिला अस्पतालले चारवटा संस्थासँग  एमओयु गरेको छ। एमओयु गर्नेहरूमा फिल्म आर्टिस्ट  अर्गनाइजेसन अफ नेपाल (FAWON),पावर ईन्टरनेशनल मिडिया ( PIM) नेपाल, तारकेश्वर क्लब  साठी , लायन्स क्लव ईन्टरनेशनल डिष्टिक ३२५  आई  रहेका छन्। संझौता पत्रमा हस्ताक्षर गर्नेमा प्रथम पक्ष ईशान अस्पतालका कार्यकारी निर्देशक रामानन्दन  चौधरीले गरेका थिए भने दोस्रो पक्षहरूमा   फिल्म आर्टिस्ट  अर्गनाइजेसन अफ नेपाल (FAWON) ऋषिराज आचार्य, पावर ईन्टरनेशनल मिडिया ( PIM) नेपालका अध्यक्ष महेस राज खरेल, तारकेश्वर क्लब  साठीका राजन थापा ,लायन्स क्लव ईन्टरनेशनल डिष्टिक ३२५  आई गभर्नर पार्बती खरेल पाण्डेले गरेकी थिइन्। ०५२ सालमा नेपालकै पहिलो गैरसरकारी बाल अस्पतालबाट सेवा सुरु गरेको सो अस्पतालको अहिले टोखा ५ नं वडामा आधुनिक एवं वातावरणमैत्री भवनमा सरेको छ । २४ घन्टा नै पेडियाट्रिक विशेषज्ञ रजिष्टारहरुबाट नवजात तथा बालरोग, बाल सर्जरी, महिला तथा प्रसुती, हाडजोर्नी सम्बन्धमा आकस्मीक सेवाहरु, नवजात तथा बाल सघन उपचार सेवा, एम्बुलेन्स, प्याथोलोजी, अल्ट्रासाउन्ड, एक्सरे, फार्मेसी, क्यािन्टन सेवा समेत रहेको छ । अस्न्तराष्ट्रिय स्तरमा सेवा दिने प्रयास गरेको अस्पतालले विभिन्न समयमा विभिन्न नवजात बाल शल्यरोग तथा बाल युरोलोजी सम्बन्धी जटिल भन्दा जटिल शल्यक्रियाहरु भइरहेको अस्पतालले जनाएको छ । सो कारण नेपाल बाहिरबाट जस्तो युके, भारत, बंगलाशदेबाट पनि आएर बच्चाहरुको सफल शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ । निकट भविष्यमै थप सेवाहरु विस्तार गरिने अस्पतालले बताएको छ । कार्यक्रममा हास्य कलाकार गोपाल ढकाल (छन्दे),  अहिले भर्खरै मात्रै बिदेशी भुमिमा समान्नित कलाकार श्रिदेब भट्टराई, लायन सीता प्रसाई ,मृदुला शर्मा,  PIM Nepal का महासचिब कमला जोशी ,  कलाकार प्नवण भूसाल, अन्य लायन सेवीहरु, पत्रकार, समाजसेवी लगायतको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रम सञ्चालन अस्पतालका प्रमुख अपरेटिङ अफिसर धनधोज मल्ल ठकुरीले गरेका थिए।

Comments