देय् दबूकाे अध्यक्षमा रश्मिला प्रजापतिकाे उम्मेदवारी


बैशाख १२, २०८२, शुक्रबार | दिउँसो १२:३७ बजे | 65


देय् दबूकाे अध्यक्षमा रश्मिला प्रजापतिकाे उम्मेदवारी

काठमाडाैं । महिला अधिकारकर्मी रश्मिला प्रजापतिले अासन्न नेवाः देय् दबूकाे अाठाैं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घाेषणा गर्नुभएकाे छ। राजधानीकाे कुलेश्वरमा अायाेजित एक समाराेहकाबीच उहाँले उम्मेदवारी दिने घाेषणा गर्नुभएकाे हाे। देय् दबू देशभरका नेवाः समुदायकाे राष्ट्रिय संगठन हाे।देय् दबूकाे केन्द्रीय अध्यक्षमा उम्मेदवारी दिने घाेषणा गर्नुहुने उहाँ पहिलाे महिला अध्यक्ष हुनुहुन्छ। देय् दबू ३० वर्ष अघि स्थापना भएकाे थियाे। संघीय प्रणाली अनुरूप केन्द्र, प्रदेश, जिल्ला, नगर हुँदै वडा टाेल सम्म संगठन बिस्तार गरिसकेकाे उल्लेख गर्दै प्रजापतिले संगठनलाई चलायमान बनाउन अाफूले उम्मेदवारी दिन लागेकाे बताउनुभयाे। महिला अधिकार, अादिवासी जनजाति अधिकारमा लामाे समयदेखि कार्यरत प्रजापति हाल देय् दबूकाे उपाध्यक्ष समेत रहेका प्रजापति झन्डै देढ दशक देय् दबूमा क्रियाशील हुनुहुन्छ । उहाँ देय् दबू अन्तर्गत नेवाः मिसा दबूकाे संस्थापक अध्यक्ष समेत हुनुहुन्छ । समुदायमा विभिन्न क्षेत्रमा महिला नेतृत्व स्थापित गर्न लामाे समयदेखि काम गर्दै अाएकाे जनाउँदै प्रजापतिले अाफ्नाे उम्मेदवारी त्यही कडीकाे विकसित स्वरूप रहेकाे बताउनुभयाे। ´ देय् दबूमा महिला नेतृत्व स्थापित गर्नुपर्ने खाँचाे छ। नेवाः मिसा दबूकाे अभियान मार्फत देशभर संगठन बिस्तार भईसकेकाे छ । ´ यसक्रममा थुप्रै समस्या, अवस्था बुझ्ने माैका पाएँ । महिलाहरूमा निकै चेतनशील भएकाे पनि पाँए। महिला सशक्तीकरणलाई समग्र संगठनकाे हितमा सदुपयाेग गर्दै रूपान्तरणकारी बनाउन मेराे उम्मेदवारी हाे ।` प्रजापतिले भन्नुभयाे। महिलाकाे काेणबाट मात्र नभई नेवाः समुदायकाे सामाजिक, अार्थिक रूपमा सशक्तीकरण गर्दै राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा देय् दबूकाे भिजिविलिटीका लागि ठाेस काम गर्न उम्मेदवारी दिने तयारी गरेकाे उहाँकाे कथन रहेकाे छ । नेपाल भाषा, संस्कृति, सम्पदाकाे संरक्षण तथा अार्थिक विकास लागि पनि अाफूले उम्मेदवारी दिन लागेकाे उहाँले बताउनुभयाे। अहिले देय् दबूकाे संगठन व्यापक रूपमा विस्तार भईसकेकाे छ। ´ काेठामा बसेर र काठमाडाैमा बसेर मात्र संस्था चलाउन सकिन्न। यसका लागि सक्षम र सशक्त नेतृत्वकाे खाँचाे छ। यसलाई पूर्ति गर्न म‌ैले उम्मेदवारी दिने घाेषणा गरेकाे हुँ।` उहाँले भन्नुभयाे। देय् दबूकाे अागामी जेठ २ , ३ र ४ नवलपुरमा हुने अाठाै महाधिवेशनलाई उम्मेद्वार चयनमा मात्र केन्द्रीत नभई संगठनकाे रूपान्तरणका एजेण्डासहित सबल नेतृत्व छान्नेतर्फ सबैकाे ध्यान जानुपर्ने खाँचाे पनि उहाँले अाैल्याउँनुभयाे। ६८ जिल्लामा शाखा रहेकाे देय् दबूमा प्रजापति देशभरका समग्र नेवाः समुदायकाे अवस्था, भूगाेल बुझेकाे रूपमा उम्मेदवारी दिने घाेषणासभामा सहभागीले बताए।

Comments