७५ वर्षकी आमाबाट मिर्गाैला सार्दैछु, सहयोग गर्नुहोस् 


बैशाख ११, २०८२, बिहीबार | दिउँसो ०१:११ बजे | 195


भक्तपुर । शहीद धर्मभक्त राष्टिय प्रत्यारोपण केन्द्र दूधपाटी भक्तपुरमा मिर्गाैलाको डायलासिस गर्दै गरेका एकजना पुरुषले आफनो ज्यान जोगाउनका लागि आर्थिक सहयोगको आशा राखेका छन् । जाजरकोट जिल्लाको कुशे गाउँपालिका ५ घर भई हाल अस्पतालमा उपचाररत उनले आर्थिक अभाबका कारण आफनो उपचारमा समस्या भएको बताए । 
उनका अनुसार अहिले उनको दुई वटै मिर्गाैला विग्रेको छ । यही कारण उनी गाउँंबाट आमालाई बोलाएर ७५ वर्षीय बृद्धा आमाको मिर्गाैला प्रत्यारोपण गर्ने तयारीमा छन् । तर आर्थिक अभाबका कारण समस्या परेको उनले सुनाए । 
उनको साथमा अहिले उनकी साइली बहिनी तुलसी मल्ल मात्रै छिन् । बाँंकी दुई ससाना छोरा, एक छोरी र आमा गाउँंमै छिन् । बुबाको भने ६ वर्ष अघि नै निधन भइसकेको छ । श्रीमती पनि छुटिएर बसेकी छिन् । 
बहिनी तुलसी मल्लले जनाए अनुसार दाजु ६ वर्ष अगाडिदेखि नै मिर्गाैलाका विरामी हुन् । ६ वर्ष अघि नै आफनो मिर्गाैला दिएर दाइलाई सहयोग गरेको तुलसीले सुनाइन् । आफू पनि विवाहित भएकाले घर र छोराछोरी गाउँमै अस्तव्यस्त रहे पनि दाजुको कोही नभएकाले सहयोगमा रहेको उनले बताइन् । 
सम्पतीको नाममा केही पनि नभएकोले जेनतेन सहयोगको भरमा उपचार पाइरहेको विरामी दाजुले जनाए । आफूलाई सहयोग गरेर जीवनदान दिए सधैसधैंका लागि आभारी हुने उनले बताए । जोकोहीबाट प्राप्त सहयोगलाई सहयोगीको नामसहित सवै लिष्ट सार्वजनिक गर्ने प्रतिवद्धता उनले जाहेर गरे । 
(सहयोग गर्न चाहनेहरुले ९७६९९६१८३३ (आफनै) वा ९७४९९७९६२३ बहिनी तुलसी मल्ल) सँंग सम्पर्क गर्न सकिने छ ।)
 

Comments