समुदायमा आधारित भक्तपुर गोल्मढीको जय भिमसेन सहकारी
पुष २१, २०७७, मङ्गलबार | दिउँसो ०३:३५ बजे | 40
भक्तपुर । भक्तपुरका धेरै सहकारीहरुमध्ये समुदायमा आधारित एउटा सहकारीको नाम हो, जय भिमसेन बचत तथा श्रृण सहकारी संस्था लिमिटेड । यो सहकारी संस्था भक्तपुर नगरपालिका वडा नं ७ गोल्मढीस्थित उकालोमा रहेको छ । सुरुमा गोल्मढी टोलका २६ जना स्थानीय साथीहरु मिलेर भिमसेन बचत कोषको रुपमा सुरुवाती थालेको यस सहकारी संस्थामा अहिले भक्तपुर नगरभरिका ६ सय भन्दा वढी सदस्यहरु भइसकेका छन् ।
[[img2]]
हाल यस सहकारी संस्थाको अध्यक्षमा रामकाजी शिल्पकार रहेका छन् । सस्था सञ्चालक समितिको उपाध्यक्षमा दश बहादुर मानन्धर, सचिवमा बुद्धराम शिल्पकार, कोषाध्यक्षमा देवभक्त गोसाई रहेका छन् । साथै सदस्यहरुमा विकुनाराययण कवाँं, श्याम सुन्दर कवाँं, रविना शिल्पकार, रामलक्ष्मी शिल्पकार, र सरोज कवाँं रहेका छन् । संस्थाको लेखा सुपरीवेक्षण समितिको संयोजकमा रत्नप्रसाद शिल्पकार रहेका छन् भने सदस्यहरुमा रामप्रसाद कवाँं र रोशनी शिल्पकार रहेका छन् । संस्थाको सल्लाहकारहरुमा निवर्तमान अध्यक्ष रत्नबहादुर शिल्पकार, संस्थापक अध्यक्ष गणेशभक्त खिचाजू, पुरुषोतम ग्वाछा र काुनुनी सल्लाहकारमा रामप्रसाद प्रजापति रहेका छन् ।
[[img3]]
संस्थाले विभिन्न समयमा विभिन्न गतिविधिहरु गर्दै आएका छन् । संस्थाले समयसमयमा स्वास्थ्य शिविर (दन्त शिविर, प्रेसर तथा मधुमेह), रक्तदान कार्यक्रम, महिलाहरुलाई सातदिने अचार बनाउने तालिम, नेतृत्व विकास तालिम सञ्चालन गर्दै आएको छ । साथै, सहकारी ऐन २०७४ र सम्पति शुदीकरण संघ तथा अन्य संस्थाहरुबाट आयोजित तालिम, गोष्ठी तथा अन्य कार्यक्रमहरुमा सहभागी जनाउँंदै आएको छ । ‘एकका लागि सवै, सवैका लागि एक’ भन्ने परिकल्पनासहित स्थापित यस संस्थाको ध्येय सहकारी सिद्धान्तलाई आत्मसाथ गर्दै समाजमा रहेका सदस्यहरुको आर्थिक, सामाजिक, शैक्षिक तथा साँंस्कृतिक क्षेत्रको विकासमा टेवा दिने रहेको छ । यस उद्देश्य अनुरुप समुदायका सदस्यहरुलाई सहजीकरण गर्ने काम संस्थाले गर्दै आएको छ । संस्थाले निम्न गरिव, किसानको पक्षमा निरन्तर काम गर्दै आएको छ । संस्थाले सदस्यको मृत्यु हुँदा १० हजार रुपैयाँं सहयोग गर्नेलगायतका परिवार उपयोगी काम पनि गर्दै आएको छ ।
[[img4]]
गरिव किसान, मजदुर, पहुँंच नभएका सदस्य साथीहरुको समस्यामा हातमा हात मिलाउँंदै सहयोगी भाबनाका साथ काम गरिरहेको संस्थाका पदाधिकारीहरु बताउँंछन् । पहुँंच नभएका निम्न वर्गको सहयोगीको भूमिकामा रहेको उनीहरु बताउँछन् । स्वयम कम शिक्षित समूहबाट सञ्चालनमा रहेको यो संस्थाका पदाधिकारीहरुले आफूहरु जस्तो पहुँंचविहिन सदस्यहरुको हकहितको पक्षमा निरन्तर वकालत गरिरहेको दावी गर्छन् ।