पोर्तुगलका नेपालीहरुबारे लुकेको १२ तथ्य
बैशाख १०, २०८२, बुधबार | दिउँसो ०२:३६ बजे | 130
१. नठगिएको नेपाली भेट्टाउनै गार्हो।
२. सबै ठगहरुलाई कारवाही गरिने हो भने नेपालीको आधाभन्दा बढी जनसंख्या कारवाहीमा पर्ने निश्चित।
३. ठगिएका पिडितहरु नयाँ ठग बनेर आफ्नो घाटा वा ठगिएको रकम असुल्ने गरेको तथ्यहरु फेला।
४. महिनाभरी परिश्रम गरेर कमाउने भन्दा काम , कोठा देखाउने दलेहरुले बढी कमाउने गरेको खुलासा।
५. अधिकाँस सामाजिक संस्थामा ठगहरुको नै हालीमुहाली।
६. सयौ अनि हजारौ ठग्यो, दश बिस सहयोग गर्यो , समाजसेवी कहलियो।
७. स्वच्छ समाजसेवी र सामाजिक अभियन्ताहरु ठगहरुको बारेमा चुइक्क नबोल्ने तर ठगहरुलाई आफ्नै संस्थामा पद दिएर आरक्षण गर्नाले संस्थाहरु नै बदनाम हुदै।
८. कार्यक्रममा उपस्थित हुने सबैलाई खादा, मंच र माईक चाहिने , नपाए अर्को पटक कार्यक्रममा उपस्थित नै नहुने।
९. अधिकाँस कार्यकममा उपस्थित भन्दा पनि धेरैलाई आसन ग्रहण गराईने र उपस्थित सबैलाई खादाद्वारा सम्मान गरिएको अवस्था।
१०. कुनै पनि बिशेष व्यक्तित्व पोर्तुगल आउदा एयरपोर्टमा स्वागत गर्न पुग्ने नेपालीहरुमा २-४ जना सज्जन बाकि सबै ठगहरु देखिने गरेको।
११. ठगहरुले बिशेष व्यक्तित्वहरुसंग खिचेको सेल्फीलाई आफ्नो पहुच देखाएर ठगी खाने भाडो बनाएको।
१२. परिश्रमले सफल भएका नेपाली औलामा गन्न सकिने तर ठगेर सफल देखिएका नेपालीहरुको लस्कर आँखाले पनि हेर्न नभ्याउने।