भक्तपुर राप्रपाले बुझायो सिडिओसमक्ष ज्ञापनपत्र


बैशाख ९, २०८२, मङ्गलबार | दिउँसो ०१:५४ बजे | 160


भक्तपुर राप्रपाले बुझायो सिडिओसमक्ष ज्ञापनपत्र

भक्तपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले देशका सबै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । यही क्रममा भक्तपुरमा पनि ज्ञापनपत्र बुझाइएको छ । भक्तपुरका प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापनपत्र बुझाइएको हो । ज्ञापनपत्र र धर्नाअघि जिल्ला सदरमुकामहरुमा प्रदर्शनहरुसमेत भएको राप्रपा जिल्ला कार्यसमिति भक्तपुरका सदस्य सन्तोष सिलवाल कार्कीले बताए । तीनकुने घटनाको न्यायिक छानबिन हुनुपर्ने, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहित बन्दी बनाइएकाहरुलाई बिना शर्त रिहाइ हुनुपर्ने राप्रपाको माग छ । यस्तै, देशलाई नवीन समझदारीको दिशामा लैजानुपर्ने लगायतका राजनीतिक, सामाजिक र जनजीविकाका विविध विषयलाई लिएर राप्रपा आज देशैभर सडकमा ओर्लिएको उनले बताए ।

Comments