भक्तपुर नगरपालिकामा कृषक भेला सम्पन्न
पुष २१, २०७७, मङ्गलबार | दिउँसो ०३:२७ बजे | 25
भक्तपुर । भक्तपुर नगरपालिकाद्वारा गठित कृषि समितिको आयोजनामा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा मंगलबार कृषकहरूको भला सम्पन्न भयो ।
भेलामा नगर प्रमुख प्रजापतिले नेपाल सरकारले शिक्षामा जस्तै नवउदारवादी नीति लिएजस्तै कृषिमा पनि विदेशी पूँजी भित्राउनको लागि नवउदारवादी नीति लिएको बताउनुभयो । नेपाल सरकारको मन्त्रिपरिषद्ले कृषिमा विदेशी पूँजी लगानी गर्न पाउने र यसरी लगानी गरी उत्पादन भएको सतरी प्रतिशत कृषि उत्पादन विदेशमा निर्यात गर्न पाउने र तीस प्रतिशत नेपालमा नै बिक्री गर्न पाउने प्रावधानले नेपाली किसानहरू धारासायी हुँुदै जाने बताउनुभयो ।
भक्तपुर नगरपालिकाले कृषकहरूको आर्थिक समृद्धिको लागि विभिन्न कृषिसँग सम्बन्धित तालिमहरु सञ्चालन गर्दै आएको बताउनुहुँदै उहाँले किसानहरु आत्मनिभएर ढंगले अगाडि बढेमा वास्तविक रुपमा किसानहरूले लाभ प्राप्त गर्ने र दिगो हुने बताउनुभयो । उक्त कार्यक्रममा आफ्नो मन्तव्य राख्नुहुँदै भनपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले किसानहरू राजनैतिक रुपमा सचेत र संगठित भएमामात्र आर्थिक रुपमा पनि सबल हुने बताउनुभयो ।