शिव पुराण महायज्ञमा उत्साह ः ५५ लाख वढी उठ्यो दान


बैशाख ७, २०८२, आइतबार | साँझ ०४:०२ बजे | 240


शिव पुराण महायज्ञमा उत्साह ः ५५ लाख वढी उठ्यो दान

चाँंगु । नगरकोट भ्रमण वर्ष २०८२ को अवसरमा धार्मिक पर्यटनलाई संगसगै लैजाने उद्देश्य अनुरुप भक्तपुरको चाँंगुनारायणमा सञ्चालनमा रहेको शिव पुराण महायज्ञमा उत्साहजनक सहभागिता रहेको छ । सहभागितासँंगै त्यहाँं दान गर्नेहरुको पनि उतिकै लर्काे लागेको जनाइएको छ । हालसम्म त्यहाँं ५५ लाख वढी दान संकलन भएको जनाइएको छ ।
भक्तपुरको चाँंगुनारायण नगरपालिका वडा नं ८ कलमसी क्षेत्रमा अवस्थित १०८ फिट अग्लो कल्पेश्वर महादेव निर्माणाधिनस्थलमा महायज्ञ सञ्चालित छ । महायज्ञ २०८२ वैशाख २ गतेदेखि चैत १३ गतेसम्म हुने जनाइएको छ । 
भक्तपुरको चाँंगुनारायण नगरपालिका वडा नं ८ का वडा अध्यक्ष एवं महायज्ञ संयोजक जनक खत्रीले १०८ फिट अग्लो कल्पेश्वर महादेव निर्माणमा सहयोग जुटाउने उद्देश्यले महायज्ञ भएको जानकारी गराए ।  
कल्पेश्वरको यो महादेव नगरकोट भ्यु टावरबाट नजिकै रहेको छ । साथै, पर्यटकहरुको चाप रहिरहने बोजिनी ड्याम्प नजिकै पनि छ । यो ठाउँं काठमाडौ उपत्यका लगायत नाला, बनेपा धुलिखेलसम्मको दृश्य अवलोकन गर्न सकिने उच्च स्थानमा रहेको छ । 
प्रसिद्द कलमसी क्षेत्रमा अवस्थित १०८ फिट कल्पेश्वर महादेव निर्माणाधिनस्थल भक्तपुर जिल्ला चौगुनारायण नगरपालिका वडा नं ८, ९ र बनेपा नगरपालिका वडा नं १ को संगमस्थलको रुपमा रहेको छ । कलमसी कालिका कल्पेश्वर धाम भक्तपुर जिल्लाको उत्तर पूर्वीस्थानमा रहेको एक धार्मिक पर्यटकीय स्थलको रुपमा रहेको छ । उक्त स्थानमा निर्माणाधीन १०८ फिट अग्लो बसेको महादेवको मुर्ति, नाग कुण्ड, गोसाइकुण्ड, २७ धारा, नारायण कुण्डलगायतका धार्मिक संरचनाहरु रहेका छन् । यस क्षेत्रको वरिपरी रहेका धार्मिक महत्वका क्षेत्रहरुमा पूर्वमा पुण्यवती नदी, सपनेश्वर महादेव मन्दिर, दक्षिणमा ठुली ब्रम्हायणी मन्दिर, बालकुमारी मन्दिर, पश्चिममा सरस्वती मन्दिर, मणिकर्णिका धाम, बाल्मिकेश्वर महादेव, बागेहिणी महादेव, थाकलमोठस्थित लोकेश्वर महादेव मन्दिर र उत्तरमा रजपुढेवर महादेव बिराजमान रहेका छन् । 
परापूर्व कालमा सुडालमा रहेको ठुली ब्रम्हायणी मन्दिरबाट सेतो रडको बाघ राती कल्पेश्वर महादेव रहेको स्थानमा रहेको स्थान हुदै गणेश ढुङ्गासम्म ओहोरदोहोर गर्ने गरेको किंबदन्ती रहेको छ । त्यसैगरी उक्त स्थानमा अवश्य श्री महाराज १०८ से समेत विभिन्न कार्यक्रम गरी तपस्याका साथ शक्ति प्राप्त गरेको र शिवतान्त्रिक गुरु बुद्दिकुमार खङ्गीले तान्त्रिक बिधिबाट हेर्दा यस पुण्य भूमिमा धार्मिक शक्ति रहेकोले उक्त स्थानमा १०८ फिट कल्पेश्चर महादेवको मुर्ति स्थापना गर्ने सोचका साथ स्थानीय समुदाय एवं सरकारी निकायहरुको सहकार्यमा अगाडि बढाउनु भएको काम हालको अबस्थासम्म आइपुग्दा निर्माणाधीन १०८ फिट अग्लो बसेको महादेवको मुर्ति, नाग कुण्ड, गोसाइकुण्ड, २७ धारा, नारायण कुण्ड लगायतका धार्मिक संरचनाहरु निर्माण भइसकेका छन् । हालको अवस्थामा कल्पेश्वर महादेबको मूर्ति निर्माणाधिन नै रहेकोले उक्त मुर्ति निर्माण सम्पन्न गर्ने उद्देश्यका साथ कल्पेश्वर महादेव तथा कालिका देवी मन्दिर संरक्षण समाजको फागुन ३ गतेको बैठकको निर्णय अनुसार शिव पुराण लगाउने र उक्त कार्यको संयोजकको रुपमा चौगुनारायण नगरपालिका वडा नं ८ का अध्यक्ष जनक खत्रीलाई सम्पुर्ण समुदायकोतर्फबाट उक्त कार्यक्रमको संयोजकको रुपमा जिम्मेबारी दिएको जनाइयो । संगै उनले विभिन्न चरणमा बिभिन्न सरोकारवालहरुसंग बैठक बसी पहिलो चरणमा ३३ सदस्यीय मुल समारोह समिति निर्माण गरी बिभिन्न उपसमितिहरु समेत निर्माण गरी १०८ फिट अग्लो महादेबको मुर्ति निर्माण गर्ने पवित्र उद्देश्यका साथ नगरकोट भ्रमण वर्ष २०८२ को अबसरमा महायज्ञ थालिएको हो । 

Comments