क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालद्वारा जनसम्बन्ध विस्तार अभियानमा तिव्रता


2025-04-16 01:58:49

News Image

काठमाण्डौ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले जनसम्बन्ध विस्तार अभियानका लागि केन्द्रबाट गठन गरेको ४ वटै टोलीले जनताका बीचमा कार्यक्रम अगाडि बढाइरहेका छन् ।टोलीले स्थानीय समस्याका विषयमा छलफल,सहीद परिवारसँग भेटघाट,पार्टीका नीति विचार र सिद्धान्तका विषयमा जनताहरुका बीच राख्ने काम भैरहेको सो पार्टीले जनाएको छ । टोलीले रौतहट जिल्लामा ६ वटा कोणसभा सम्पन्न गरेको छ । भित्तेलेखन ,पर्चा वितरण ,जनभेटघाट र सहिद परिवार सित भेटघाट गर्ने कार्यक्रम सम्पन्न गरेकोछ । यस अभियान टोलीले विहानमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यकर्ता भरत महाराले उहाँकै व्यक्तिगत पहलकदमीमा निर्माण गरेको रौतहट जिल्लाको बृन्दावन नगरपालिका – ६ स्थित श्री दलित जनसामुदायिक प्राथमिक विद्यालयको अध्ययन अबलोकन गर्ने काम गर्‍यो ।्त्यसैगरी रौतहट जिल्लाको बृन्दावन नगरपालिका – ६ को हर्षह बजार,चन्द्रपुर नगरपालिका–१० को बालचनपुर बजार,बरुण नगरपालिका–८ बिर्ताचोक,गढिमाई नगरपालिका–१ सयनपुर बजार,गढिमाई न.पा. ९ को मलाही बजार,माधव नारायण न.पा. ४ मानपुर बजारमा कोण सभा सम्पन्न भएको छ । उक्त कोणसभालाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल,स्थायी समिति सदस्य रामसिंह श्रीस,पोलिटब्युरो सदस्य बीरेन्द्र कुमार यादव,केन्द्रीय सदस्य टेकबहादुर बिश्वकर्मा,ले सम्बोधन गर्नु भएको थियो । कार्यक्रमको सन्चालन क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका रौतहट जिल्ला ईन्चार्ज प्रल्हाद साह र ब्युरो सचिव पवन पटेलले गर्नु भयो । अभियान टोलीले रौतहट जिल्ला गरुणा नगरपालिकामा सहिद परिवारका व्यक्तिहरू मेधु पासवान ,छेठु पासवान ,लालबाबु दास ,बिनागरहमा सहिद अशोक प्रशाद साहर माधवपुरमा राम प्रबेश राय यादवको परिवारलाई भेटी समस्याहरुको विषयमा छलफल गरेको छ । कोणसभा सम्पन्न गरिएका ठाँउहरुमा पर्चा वितरण र भित्ते लेखन गरिएका थिए ।

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *