सकियो वरिष्ठ पत्रकार स्वर्गीय भैरब रिसालको स्मृति सभा


2025-04-14 11:18:41

News Image

भक्तपुर । स्वर्गीय वरिष्ठ पत्रकार भैरब रिसालको सम्झनामा सोमबार भक्तपुरमा स्मृति सभा भएको छ । पत्रकार समाज नेपालको आयोजामा सभा भएको हो । 
भक्तपुरबाट प्रकाशित हुँंदै आएको श्रमिक साप्ताहिक र मजदुर दैनिकका स्तम्भकार वरिष्ठ पत्रकार रिसालको स्मृति सभा भएको हो । दुई दशक भन्दा वढी सयम स्वर्गीय रिसालले ती दुवै पत्रिकामा लेख लेख्दै आएका छन् । जीवनको उतराद्र्धमा पनि उनले ती दुवै पत्रिकाहरुमा निरन्तर लेख लेख्दै आएका थिए । 
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छे., सचिव एवं संघीय सांसद् प्रेम सुवाललगायतले रिसालको सम्झना गरेका थिए । रिसाल २०४८ सालमा नेपाल मजदुर किसान पार्टीकोतर्फबाट भक्तपुर क्षेत्र नं २ बाट प्रतिनिधि सभाका लागि उम्मेदबार थिए । उनी झिनो मतले नेपाली कांग्रेसका जग्गनाथ आचार्यसँंग पराजित बनेका थिए । 
 

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *