राजनीतिक प्रतिशोधको कोप भजनमा रवि
भक्तपुर । राष्टिय स्वतन्त्र पार्टी संसदीय दलका प्रमुख सचेतक एवं संघीय सांसद् सन्तोष परियारले आफना पार्टी सभापति रवि लामिछानेमाथि भइरहेको अनुसन्धान प्रक्रिया विधिसम्मत गर्न चेतावनी दिएका छन् । पार्टी सभापतिमाथि अनुसन्धानका क्रममा भएका क्रियाकलाप विधिसम्मत नभएको उनको आरोप थियो । विधि र प्रक्रिया भन्दा पनि राजनीतिक प्रतिशोध साट्नकै लागि अनुसन्धानको नाममा मनपरी ढंगले प्रक्रिया चलिरहेको उनले दावी गरे । नेपाल प्रेस सोसाइटी सूर्यविनायक भक्तपुरले नयाँं वर्ष २०८२ को अवसरमा सोमबार गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले भने, अनुसन्धान प्रक्रिया नै विधिसम्मत नभएपछि अनुसन्धान विधिसम्मत हुन्छ भन्ने सोच्न सकिंदैन । ठूला राजनीतिक दलहरुको राजनीतिक प्रतिशोधको कोप भजनमा आफना पार्टी सभापति परेको उनको धारणा थियो । कार्यक्रमको क्रममा साहित्यिक वाचन पनि भएको थियो ।