श्री बालकुमारी माता मन्दिर निर्माणार्थ महायज्ञ हुने 


2025-04-13 05:17:58

News Image

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरापालिका–२ बालकोटस्थित बसिक्व टोलमा श्री बालकमारी माताको परम्परागत शैलीको मन्दिर निर्माणार्थ महायज्ञ हुने भएको छ । बालकोटको एक प्राचिन बस्तीको रुपमा रहेको बसिक्व टोललाई मध्यपर थिमिवाट बसाई सराई गरी आउनु भएका हिरामान चपल्लों श्रेष्ठको नामबाट हिरामान चोक वा हिरामान खलका नामले समेत चिनिने गरेको ठाउँंमा महायज्ञ हुने भएको हो । 
आइतबार पत्रकार सम्मेलन गरी उक्त स्थानमा परापूर्वकालमा रहेको लिच्छवीकालिन ढुङ्गेधारा सहितको फल्या, कुवा, पुरिएर लोप भएको अवस्थामा स्थानीय कोष्ठ नागरिकहरु एवं स्वर्गीय चन्द्रलाल चपलछें श्रेष्ठ र उहाँको परिवारबाट वर र पिपलको बोट रोपेर उहाँकै परिवारबाट २०५२ सालमा वर र पिपलका बिवाहसमेत गराई ढुङ्गेधारा सहितको कल्या, कुवा निर्माण गरेको ठाउँंमा महायज्ञ हुने जनाइयो ।
त्यस पश्चात उक्त स्थानमा पर्खाल लगाएर बिभिन्न देवी देवताको मूर्ति राख्ने परिकल्पना अनुसार बनाइएको आठ वटा खोपाहरुमा स्थानीयले कुमार, गणेश, भिमसेन, दक्षिणकाली, दुर्गा, सरस्वती, विष्णु र विश्वकर्माको मूर्ति स्थापना गरि पुजा गर्दै आएको जनाइयो । त्यस स्थानमा स्थानीयले नेपालीहरुकै आराध्यदेव श्री पशुपतिनाथ र नेवारहरुको आराध्यदेव बालकुमारी मन्दिर स्थापना गर्ने योजना अनुरुप महादेव र बालकुमारीको स्थापना गरिएको र प्रत्येक वर्ष वैशाख १ गते बिस्केट जात्रामा बालकुमारीको रथ यात्रा गरी सोही मन्दिरमा परिक्रमा गर्दै आएको जानकारी गराइयो ।
२०७१ सालमा तत्कालिन अनन्तलिडेश्वर नगरपालिकाको वडा नं. २ का नागरिक वडामञ्चको संयोजक रवि चपलछें श्रेष्ठसहित मोहनकृष्ण चपलछें श्रेष्ठ र विवेक झ्या श्रेष्ठको संयुक्त पहलमा सोही नगरपालिकाबाट विनियोजित रु. ७ लाख ७५ हजारको लागतमा सत्तल निर्माण सुरु भई त्यस पश्चात वागमति प्रदेश सरकारबाट आएको रु. १५ लाखबाट सोही स्वानमा दुईतलाको बालकुमारी मन्दिरको सत्तल निर्माण जारी रहेको जानकारी गराइयो ।
यस क्षेत्रको विकासका लागि चन्द्रलाल चपलछें श्रेष्ठको पहललाई निरन्तरता दिदै उक्त सम्पदाको पुर्ननिर्माणको लागि परियोजनाकै रुपमा विकास गर्न महायज्ञ आयोजक समितिका संयोजक समेत रहनु भएका इ. श्रीराम चपलछें श्रेष्ठले बिस्तृत गुरुयोजना निर्माण गरेर सोही गुरुयोजना अनुरुप उक्त मन्दिर परिषरमा बिभिन्न मठ मन्दिरलगायतका धार्मिक संरचनाहरु निर्माण गर्ने जमर्को गरेको जनाइएको छ ।
सूर्यविनायक नपा वडा नं. २ का वडाध्यक्ष प्रदीप कार्कीको सिफारिसमा सर्यविनायक नगरपालिकाबाट आ.व. २०७१÷०८० मा रु. १४ लाख र आ.ब. २०८०÷०८१ मा रु. २० लाख नगर प्रमुख वासुदेव चापाबाट विनियोजन गरेको जानकारी गराइयो । त्यस्तै आ.ब. २०८१÷०८२ मा रु. २५ लाख नगरपालिकाबाट विनियोजन भएको र बागमति प्रदेश सरकारबाट रु. १२ लाख विनियोजित गरी निर्माण कार्य जारी रहेको अवगत गराइयो ।
श्री बालकुमारी माताको मन्दिरलगायत बिभिन्न धार्मिक संरचनाको निर्माणका लागि कलात्मक काठ खरिद गर्न रु. १ करोड ६६ लाख र पित्तलको छानो छाउन ७३ लाखलगायत विभिन्न संरचना निर्माण सम्पन्न गर्न कल ३ करोड ५८ लाख रुपैयाको लागत लाग्ने परियोजनामा उल्लेख छ ।
परियोजना अनुरुप यी धार्मिक स्थलहरु निर्माणका लागि बजेट अभाव भएक मन्दिरलगायतका सबै संरचना निर्माार्मिक स्थलहरू विमलकुमारी मन्दिर तथा फल्या निर्माणार्थ भएकाले उपभोक्ता समितिले १५१ सदस्य रहेको श्रीराम श्रेष्ठको संयोजकत्वमा गठन भएको महायज्ञ आयोजक मूल समारोह समितिले यही वैशाख १९ गते शुक्रबारदेखि वैशाख २६ गतेसम्म श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना गर्न लागेको हो ।
रु. २ करोड ५० लाख रकम संकलन गर्ने लक्ष्य राख्दै सुरु हुने महायज्ञबाट संकलित रकमबाट एक वर्षभित्र मन्दिरलगायतको संरचनालाई पूर्ण रुपमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको पत्रकार सम्मेलनमा संयोजक इन्जिनियर श्रीराम श्रेष्ठले बताए । महायज्ञमा वृन्दावनबाट आमन्त्रण गरिएको अन्तर्राष्ट्रिय भागवत प्रवक्ता श्री श्री श्री १००८ महाण्डलेश्वर स्वामी श्री ईश्वर चैतन्यजी महाराजबाट कथा वाचन हुने सूर्यविनायक नगरपालिका वडा नं २ का वडा अध्यक्ष प्रदीप कार्कीले बताए ।
महायज्ञका क्रममा १९ गते बिहान कलश यात्रा, समुद्घाटन १९ गते दिउँसो १ बजे गरिने, वैशाख २५ र २६ गते लक्ष्यवर्तीका प्रज्वलन, सामुहिक ब्रतबन्ध, तुलादानलगायतका कार्यक्रम समेत रहेको जानकारी गराइयो ।
 

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *