सामूहिक गिरफ्तारी दिन तयार


2025-04-12 15:12:59

News Image

काठमाडौ । राजावादी विभिन्न नेताहरुले नेपाल श्रषि प्राज्ञ डा जगमान गुरुगले भने जस्तै आफूहरु पनि सामूहिक गिरफ्तारी दिन तयार रहेको जनाएका छन् । नागरिक विद्रोहले शनिबार राजधानीमा गरेको राष्टवादी नेपाली भितेपात्रो सार्वजनिक कार्यक्रमका वक्ताहरुले यस्तो बताएका हुन् । राष्टिय प्रजातन्त्र पार्टीका वरिष्ठ केन्द्रिय उपाध्यक्ष दिलविकास राजभण्डारी, राप्रपा नेपाल (कमल थापा) का वरिष्ठ उपाध्यक्ष डा तारानाथ लुइँटेल, वरिष्ठ कानुनविद् बालकृष्ण न्यौपाने, ध्रुबलाल श्रेष्ठ, पत्रकार जीवराम भण्डारीलगायतले व्यवस्था परिवर्तन नभएसम्म आन्दोलन गरिरहने उदघोष गरे । नेपाल श्रषि प्राज्ञ डा जगमान गुरुगले राष्टिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्र  र महासचिव डा धवलशमशेर राणालगायतलाई विना शर्त रिहा नगरे वैशाख २२ गते सामूहिक गिरफ्तारी दिने आन्दोलनका कार्यक्रम घोषणा गरेका थिए । 
 

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *