दधिकोटमा अस्थायी प्रहरी विट
पुष १९, २०७७, आइतबार | दिउँसो ०२:५९ बजे | 70
भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ४ दधिकोटमा अस्थायी प्रहरी विट सञ्चालनमा ल्याइएको छ । विटको आइतबार एक कार्यक्रमवीच साँंसद महेश वस्नेतले उदघाटन गरे ।
अस्थायी प्रहरी विटको स्थापनापछि स्थानीयबासीलाई सहज हुने विश्वास सूर्यविनायक नगरपालिका वडा नं ४ का वडा अध्यक्ष उतम थापाले गरे । साथै यसबाट स्थानीयस्तरमा अपराधका घटनामा न्युनीकरण हुने विश्वास पनि उनले व्यक्त गरे ।
[[img2]]
कार्यक्रममा महानगरीय प्रहरी परिसर भक्तपुरका एसपी तारादेवी थापा, महानगरीय प्रहरी बृत थिमिका डीएसपी श्रृषिराम कँडेललगायतले जिल्लाभरि शान्तिसुरक्षा सुव्यवस्थित गर्न आफूहरु लगिपरेको बताए ।