मध्यपुर स्काउटकाे २४अाैँ स्थापना दिवस सम्पन्न
नेपाल स्काउट, स्थानीय स्काउट कार्यालय, मध्यपुर थिमिकाे गरिमामय २४अाैँ स्थापना दिवस सभ्य र भब्य रूपमा सु-सम्पन्न भयाे । नगरप्रमुख तथा स्काउट संरक्षक श्री सुरेन्द्र श्रेष्ठकाे प्रमुख अातिथ्यतामा सम्पन्न उक्त समाराेहमा मध्यपुर महाेत्सव २०८१ मा क्षेत्रगत समितिहरूका स्काउट तर्फबाट संयाेजक तथा सह-संयाेजक र पुरै नगरभरि नै सुपरिवेक्षककाे महत्वपूर्ण याेगदान दिनुहुने वरिष्ठ स्काउटरहरू र सहभागी १९ अाेटा ट्रुपहरूलाई धन्यवाद पत्र प्रदान गरिएकाे थियाे । राष्ट्रिय प्रशिक्षक तथा सदस्यता वृद्धि अायुक्त श्री भुवनचरण श्रेष्ठले स्वागत मन्तव्य राख्नुहुँदै मध्यपुर स्काउटकाे गाैरवशाली ईतिहासबारे प्रकाश पार्नुभयाे । विश्व शान्ति दिवस २०२४ काे उपलक्ष्यमा अायाेजित शान्तिकाे लागि स्काउट बिषयक मध्यपुर थिमिब्यापी अन्तर ट्रुपस्तरीय चित्रकला प्रतियोगिता २०८१ का बिजेताहरू र सहभागीहरूलाई पुरस्कार तथा प्रमाण-पत्र बितरण गर्नुहुँदै प्रमुख अतिथि श्रेष्ठले मध्यपुर स्काउटले वास्तवमै उत्कृष्ट काम गरेर मध्यपुरकाे समृद्धिमा विशेष टेवा पुर्याईरहेकाे बिचार ब्यक्त गर्नुभयो र स्काउटकाे हरेक गतिविधिमा नगरपालिकाकाे साथ-समर्थन रहने प्रतिवध्दता पनि व्यक्त गर्नुभयाे । त्यसैगरी, विशिष्ट अतिथिकाे मन्तब्य राख्नुहुँदै वडा नं ५ का अादरणीय वडाध्यक्ष श्री बालकृष्ण मंद्याे श्रेष्ठले खासगरी मध्यपुर महाेत्सवमा स्काउटले निभाएकाे भूमिकाबाट अाफू प्रभावित हुनुभएकाे र अझ असल कार्य गर्दै जान सकाेस् भनी शुभकामना व्यक्त गर्नुभयाे । स्काउटर श्री रबिना बजूले सञ्चालन गर्नुभएकाे साे समाराेहमा नेपाल स्काउटका पूर्व सचिव श्री रामगाेपाल कर्माचार्यले अतिथिकाे भावना पाेख्दै मध्यपुर स्काउटकाे कार्यहरू उत्कृष्ट भएकाे र अझ राम्राे गर्दै देशकै नमुना संस्था हुनसक्ने बिचार राख्नुभयाे । स्थानीय प्रमुख अायुक्त श्री तुल्सीहरि प्रजापतिकाे सभापतित्वमा सम्पन्न साे कार्यक्रममा बागमती स्काउटका सदस्यद्वय धर्मभक्त मल्ल तथा सानू चक्रधर, नगर स्काउट परिषद्का पदाधिकारीहरू, ईकाई अध्यक्षहरू, स्काउटरहरू, राेभर-रेञ्जरहरू तथा स्काउटहरूकाे बाक्लाे उपस्थिति रहेकाे थियाे । साथै, यस वर्ष सानाेठिमीस्थित SOS हर्मन माईनर बिद्यालयलाई ट्रुप सम्मान २०८१ बाट सम्मानित गरिएकाे थियाे ।