उद्योग वाणिज्य संघमा न्याछ्योंको वर्चस्व
पुष १९, २०७७, आइतबार | दिउँसो ०२:५४ बजे | 25
ललितपुर । ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा मनोजबहादुर न्याछ्याँे निर्वाचित हुनुभएको छ । शनिबार राति घोषणा गरिएको मतपरिणाम अनुुसार अध्यक्षमा न्याछ्योसहित उहाँकै प्यानलका अधिकाशं पदाधिकारीहरु विजयी हुनुभएको हो। संघको ४१ औं वार्षिक साधारण सभाको उद्घाटन र बन्द सत्र शुक्रबार र शनिबार मतदान भएको थियो । मतदानमा अध्यक्षका लागि न्याछ्यो र भरतलाल जोशीबीच प्रतिस्पर्धा भएको थियो । निर्वाचनले आगामी तीन वर्षका लागि न्याछ्योंलाई अध्यक्षमा चयन गरिएको हो । यस अघिको कार्यकालमा न्याछ्यो महासचिव हुनुहुन्थ्यो ।
निर्वाचित भएपछि सञ्चारकमीहरुसंग कुराकानी गर्दै अध्यक्ष न्याछ्योँले उपभोक्ता व्यवसायीहरुको हकहितका लागि सार्वजनिक गरेको १९ बुँदे प्रतिद्धता अनुसार अघि बढ्ने बताउनुभयो । ‘यही प्रतिबद्धतालाई केन्द्रबिन्दुमा राखेर कार्ययोजना बनाउने छौं । सबैको सहभागिता कार्ययोजना बनेपछि त्यसैमा टेकर अघि बढ्ने छु ।’ उहाँले भन्नुभयो ।
निर्वाचनको क्रममा सार्वजनिक गर्नुभएको प्रतिबद्धता पत्रमा उपभोक्ता हित संरक्षण ऐन २०७५ को न्योयोचित संशोधनका लागि पैरवी गर्ने,हस्तकला नगरी ललितपुरमा उत्पादन भएका सामग्रीहरुको छुट्टै टे«डमार्कमा दर्ता गर्नुपर्ने व्यवस्था मिलाउन पहल गर्ने ,हस्तकला ग्रामको अवधारणालाई मूर्त रुप दिन पहल गर्ने , दक्षिण ललितपुर भेगमा कृषि क्षेत्रको विकास गर्ने भनिएको छ ।
त्यसैगरी लगानीको लागि व्यावसायिक वातावरण तयार गर्ने, राज्यबाट सिर्जित विभिन्न समस्या हल गर्न सम्बन्धित निकायमा पहल गर्ने, व्यवसायी सचेतना अभियान चलाउने, व्यवसायीहरुको लागि हेल्पडेस्क स्थापना गर्ने, कोरोनाबाट मार परेको अर्थतन्त्र उकास्ने पहल गर्ने विषयमा पनि प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ ।