किन खुशी भए सांसद दुर्लभ थापा ?


2025-04-09 05:37:18

News Image

भक्तपुर । भक्तपुरका संघीय सांसद् दुर्लभ थापाले खुशी व्यक्त गरेका छन् । भक्तपुरमै जनतालाई केही कुरा सुनाउन प्रेस क्लब खुलेकोमा उनले खुशी व्यक्त गरेका हुन् । 
नेपाल प्रेस सोसाइटी सूर्यविनाक भक्तपुरले प्रकाशन गरेको नयाँं वर्ष २०८२ को क्यालेण्डर विमोचन गर्दै उनले पहिलापहिला भक्तपुरका राजनीतिक दलहरुले आआफै मञ्च खडा गरी जनतामा कुरा पुरयाउने गरेकोमा अहिले सवै राजनीतिक दल तथा अन्यहरुलाई जनतासमक्ष आफना विचार पुरयाउन प्रेस क्लव गठन भएकोमा खुशी व्यक्त गरेका हुन् । कार्यक्रम क्लवका अध्यक्ष उपेन्द्र केसीले क्लव सञ्चालन थालेको नौ महिना भएको जानकारी गराएका थिए । कार्यक्रम थापाको सचिवालय सल्लाघारीमा भएको थियो । कार्यक्रममा क्लबका पदाधिकारी तथा शुभचिन्तकहरु सहभागी रहेका थिए ।
 

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *