राजा खोई, जुजु वई


2025-04-07 12:00:06

News Image

भक्तपुर । राजसंस्था पुनस्थापनाका लागि संयुक्त जनआन्दोलन नेपालका कार्यबाहक संयोजक नेपाल श्रृषि प्राज्ञ डा जगमान गुरुगले वर्तमान अवस्थाको एकमात्रै विकल्प राजसंस्था भएको दावी गरेका छन् । सोमबार भक्तपुरको दतात्रयमा भएको शान्ति तथा सद्भाव सभामा उनले राजसंस्थाको पुनस्थापनासँंगै अहिलेको सम्पूर्ण समस्याहरुको हल हुने बताए । २०४७ सालको संविधानको पुनस्थापना गरी राजासहितको प्रजातान्त्रिक व्यवस्थाको स्थापनाबाट देशको विकासले गति लिने उनको धारणा थियो । 
सभा विहान साढे आठ बजे सुरु भई साढे नौ बजे समापन भएको थियो । सभामा अन्य वक्ताका रुपमा नागरिक वचाउ अभियान भक्तपुका संयोजक रामकुमार कार्की, सागर खड्का रहेका थिए । 
सभाको सभापतित्व राजतन्त्रका अभियन्ता निलनारायण कोजूले गरेका थिए भने स्वागत स्वतन्त्र नागरिक अभियन्ता राजन कार्कीले गरको थिए । 
यसैवीच संयुक्त राष्ट्रवादी नागरिक विद्रोह २०८१ काठमाडौ नेपालले भोलि चैत्र २६ गते मंगलबार राष्ट्रिय प्रजातन्त्र पार्टीले राजधानीमा गर्ने कार्यक्रममा सहभागी हुन सम्पूर्ण राष्टवादीहरुलाई आह्वान गरेको छ । संयुक्त राष्ट्रवादी नागरिक विद्रोह २०८१ सदस्य सचिव विरेसकुमार थापाद्धारा हस्ताक्षरित सोमबार प्रकाशित विज्ञप्तिमा विभिन्न राष्ट्रवादी तथा देशभक्त संघ संगठनहरूको साथ र सहयोगमा राष्ट्रिय झण्डा मुनि बृहद नागरिक विद्रोह सभाको आयोजना गर्न गइरहेको हुँदा सहभागी हुन अनुरोध गरिएको छ । आफूहरुको मागसँंग कार्यक्रम आयोजकका एजेण्डाहरू; वैदिक सनातन धर्म सापेक्ष हिन्दु अधिराज्य, संवैधानिक राजसंस्था, शक्तिशाली प्रधानमन्त्री, वित्तीय अराजकताको अन्त्य, गाँजा लगायत बहुमूल्य जडीबुटी तथा वनस्पतिको वैधानिकिकरण, कृषि सेना तथा कृषि आधुनिकिकरण जस्ता मुद्दाहरूमा समानता देखिएकोले सहभागी हुन अनुरोध गरेको जनाएको छ । राष्ट्रवादी तथा देशभक्त नागरिक तथा संघ संस्थाहरुलाई उक्त कार्यक्रममा सशक्त रुपमा उपस्थिति भइ कार्यक्रमलाइ भब्य र सभ्य रुपमा सफल बनाउन अपिल गरिएको छ ।  
 

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *