मर्यादा पुरुषोत्तम भगवान श्रीरामको जन्मजयन्तीको अवसरमा विभिन्न कार्यक्रम सहित पूजा, अर्चना एवं विशेष गोष्ठी सम्पन्न
चैत २४, २०८१, सोमबार | विहान ०७:२९ बजे | 20
काठमाडौं । रत्न पुस्तकालय, बानेश्वर, रत्नराज्य मा.वि.को सभाकक्षमा सम्पन्न भएको यस कार्यक्रममा विभिन्न विशिष्ट व्यक्तिहरु, माताजीहरु तथा भक्तजनहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा विशेष अतिथिको रुपमा डा. इन्दुल केसी रहनुभएको थियो । उहाँले त्यस कार्यक्रममा मर्यादा पुरुपा श्रीरामको आदर्श जीवन, उहाँको जन्मस्थान नेपालको चितवन जिल्ला, मादीमा भएको यसरी नै भारतको शर्यु नदी किनारमा रहेको अयोध्याको राम जन्म भएको स्थान भनी मानी आएको स्थानको बारेमा चर्चा गर्नुभयो । श्रीरामको गाथा चर्चाको क्रममा नेपालका आदिकवि श्री भानुभक्त आचार्यले तयार गर्नुभएको रामायण कथाको ग्रन्थको बारेमा पनि विविध कुराहरु प्रस्तुत गर्नुभयो ।
योगी नरहरिनाथ ट्रष्ट आध्यात्मिक परिषद्, श्री हनुमान आराधना मण्डल नेपाल तथा नेपाल विश्व हिन्दु महासंघका अध्यक्ष शंकर पौडेलको सभापतित्वमा भएको कार्यक्रममा नववर्ष २०८२ को भित्तेपात्रो (क्यालेण्डर) तयार गरी वितरण समेत गरिएको थियो ।