भोलि भक्तपुरमा शान्ति तथा सद्भाव सभा हुने 


2025-04-06 13:28:16

News Image

भक्तपुर । भोलि सोमबार भक्तपुरको दतात्रयमा शान्ति तथा सद्भाव सभा हुने भएको छ । सभा विहान ८ बजे दतात्रय चोकमा हुनेछ । 
सभामा प्रमुख वक्ताको रुपमा शान्ति प्राज्ञिक मञ्चका अध्यक्ष एवं राजसंस्था पुनस्थापनाका लागि संयुक्त जनआन्दोलन नेपालका कार्यबाहक संयोजक नेपाल श्रृषि प्राज्ञ डा जगमान गुरुग रहने जनाइएको छ । 
कार्यक्रममा अन्य वक्ताका रुपमा नागरिक वचाउ अभियान भक्तपुका संयोजक एवं राष्टिय प्रजातन्त्र पार्टी भक्तपुरका पूर्व उपाध्यक्ष रामकुमार कार्की, सागर खड्का रहनेछन् । 
सभाको सभापतित्व राजतन्त्रका अभियन्ता निलनारायण कोजूले गर्ने छन् । कार्यक्रममा स्वागत स्वतन्त्र नागरिक अभियन्ता राजन कार्कीले गर्ने छन् । 
कार्यक्रम करिव एक घण्टा हुने जनाइएको छ । कार्यक्रम सभामा सिमित हुने जनाइएको छ । कार्यक्रमअघि कुनै रयाली वा अन्य केही नहुने जनाइएको छ । 
 

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *