मौलिक नामहरु जोगाउनुपर्नेमा जोड


2025-04-06 07:01:07

News Image

भक्तपुर, २४ चैत । सूर्यविनायक बँलाक्व टोल सुधार संस्थाको आठौं बार्षिक साधारण सभा तथा चौथौं अधिवेशन नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् बागमती प्रदेश सभासद् सुरेन्द्रराज गोसाईंले पानसमा दीप प्रज्वलित गरी सूर्यविनायकमा आइतवार उद्घाटन गर्नुभयो । 
प्रमुख आतिथि सुरेन्द्र राज गोसाईले मौलिक नाम र संस्कृति पहिचान भएको बताउनुभयो । उहाँले नामसंग संस्कार संस्कृति, जीवनशैली, ईतिहास जोडिने भएकोले मौलिक नामहरु जोगाउनुपर्नेमा जोड दिनुभयो । उहाँले पुरानो नामहरु हताएर नयाँ नाम राख्नु हस्तक्षेप र थिचोमिचो स्वरुप भएको बताउँदै यसले समाजमा विग्रह त्याउन्छ भन्नुभयो । उहाँले साधारणसभा मात्र नभई अरुवेला पनि टोल, समाजका दाजुभाइ दिदीबहिनीहरुको आत्मियता बढ्ने गतिविधिहरु गर्नुपर्ने बताउँदै समाजलाई अगाडि बढाउन र संस्कार र संस्कृतिलाई जीवन्त बनाई नयाँ पुस्तालाई हस्तातरण गर्नुपर्ने बताउनुभयो । उहाँले काठमाण्डौंको पुरानो बस्ती मनमैजूमा स्थानीय बासीहरु अल्पमतमा पर्ने गरी स्थानान्तरण हुँदा काठमाण्डौं विश्वको प्रदुषित शरह भएको साथै त्यहाँको मौलिक नाम कलासंस्कृतिहरुमा अतिक्रमण भएको बताउँदै देशको सन्तुलित विकास गर्नुपर्ने बताउनुभयो । उहाँले प्रदुषण कम गर्न सरसफाईमा जोड दिँदै हाम्रो मनमष्टिष्कमा भएको फोहरको पनि सोच विचारमा सफाई गर्नुपर्ने बताउनुभयो । उहाँले ललितपुर थसीको पुरानो नेवार बस्तीमा प्रत्येक घरबाट बैदेशिक रोजगारमा जानु र स्वदेश फर्केपछि मोजमस्ती, जाँडरक्सी र जुवाताँसमा लाग्नु समस्या रहेको स्थानीयको भनाई सुनाउँदै मेहनत गर्ने मानसिकतामा कमि आएको बताउनुभयो । उहाँले बस्ति विकाससंगै आदर निकेटनको आवश्यकता बोध गराउँदै श्रमदान गर्ने संस्कृतिको विकास गर्नुपर्ने बताउनुभयो । उहाँले टोल सुधार समितिले नयाँ विचार प्रवाह, कला संस्कृतिको जर्गेना, समृद्धिको गोरेटोमा हिड्ने नयाँ नेतृत्वलागि शुभकामना समेत दिनुभयो । 
    कार्यक्रममा प्रहरि निरिक्षक कन्चन राजचलले टोलबासीहरुको सहयोगमा अपराधिक गतिविधि नियन्त्रण गर्न सकिने बताउँदै लागुऔषध दुव्र्यशनी बढेको कारण नियन्त्रणको लागि टोलबासी सजग हुनुपर्ने साथै विस्का जात्रामा आवच्छित गतिविधिमा सहभागी नहुन अनुरोध गर्नुभयो ।
    कार्यक्रममा संस्थाका सल्लाहकार विश्वराम कवाँले ईतिहासमा कोरेको गोरेटोले बाटो देखाउने बताउँदै टोलको सुरक्षा, विकास निर्माण कार्यको लागि संस्था स्थापनाको भएको बताउनुभयो । 
    कार्यक्रममा सुनपा वडा नं ८ का वडाध्यक्ष पुष्पराज बस्नेतले नयाँ पुस्तालाई सामाजिक उत्तरदायित्व बोध गराउनुपर्ने र सकारात्मक सोचको विकास गराउनुपर्ने बताउनुभयो । 
    कार्यक्रम संस्थाका कार्यवाहक अध्यक्ष गौतम सुजखुको सभापतित्वमा भएको कार्यक्रममा संस्थाको गतिविधि सचिव रमेश त्वीत्वी, आर्थिक प्रतिवेदन कोषाध्यक्ष लक्ष्मी प्रसाद त्वानाबासु र स्वागत लक्ष्मी सुन्दर शिल्पकारले गर्नुभएको थियो । उक्त अधिवेशनबाट लक्ष्मी सुन्दर शिल्पकारको नेतृत्वमा ९ सदस्यी नयाँ कार्य समिति चयन गरियो । उपाध्यक्ष गौतम सुजखु, सचिव रमेश त्वीत्वी, कोषाध्यक्ष लक्ष्मी प्रसाद त्वानाबासु, सदस्यहरु रत्नगोपाल शिल्पकार, सुनिला धौभडेल, संगिता कायष्ठ जोशी, लक्ष्मी सुन्दर कर्मार्चाय, जमुना त्वानाबासु रहेको छ ।  
 

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *