श्रीमत भागवत गीतालाई सर्वोच्च कमाण्डर मान्दै नागरिक विद्रोह घोषणा 


2025-04-06 04:40:04

News Image

काठमाडौं । विगत लामो समयदेखि विभिन्न प्रकारका सामाजिक आर्थिक तथा राजनीतिक विकृतिविरुद्ध आवाज उठाउँदै आएका स्वतन्त्र अभियान्ता, अभियान्ता तथा राष्ट्रवादी व्यक्तिको सामूहिक नेतृत्वमा नागरिक विद्रोह गठन भएको छ । 
गीताको दर्शनलाई आफ्नो मूल नेतृत्व मानी अन्य सहायक नेतृत्वहरू सहित आफ्ना आन्दोलनका  सार्वजनिक सार्वजनिक गरेको छ । साथै आन्दोलनको कमान्डर पनि सडकबाटै छानिने भएको छ । हामी यो बादी त्यो बादी भन्दा नेपालवादी र राष्ट्रवादी भएको कुरा सचिवालय सदस्य तथा जनसम्पर्क प्रमुख चिरञ्जीवी भट्टराईले भने । राष्ट्रिय झण्डामा कुनै पनि कार्यक्रममा अनि हाम्रो सशक्त एवं सिर्जनात्मक उपस्थिति रहनेछ, राष्ट्रिय मुद्दालाई विथोल्न प्रयास गरे प्रतिकार पनि हामी गर्ने जानकारी नागरिक विद्रोह सदस्य सचिव बिरेश थापाले बताए । 
वैदिक सनातन सापेक्ष हिन्दु अधिराज्य, संवैधानिक राजसंस्था, शक्तिशाली प्रधानमन्त्री, वित्तीय अराजकताको अन्त्य, गाँजा लगायत बहुमूल्य जडीबुटी तथा तथा वनस्पतिकको वैधानिककरण, कृषि सेना लगायतका आन्दोलनका मागहरू रहेको जानकारी निर्देशन समिति सदस्य स्वतन्त्र विश्लेषक रन्जन खनालले बताए । थप कार्यक्रम तथा समितिको पूर्णता आगामी बृहत पत्रकार सम्मेलन मार्फत गराइने उनले बताए । नागरिक विद्रोह २०८१ मङ्सिर २६ गतेदेखि पोखराबाट सुरु भएको थियो ।

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *