श्रमिक साप्ताहिकको अन्तरक्रिया
पुष १८, २०७७, शनिबार | विहान ०८:२२ बजे | 30
भक्तपुर । नेपाल मजदुर किसान पार्टी भनपा ९ दत्तात्रय समितिको अयोजनमा श्रमिक साप्ताहिक बर्ष २७ अंक ५०, १४ पुस २०७७ को अन्तरक्रिया कार्यक्रम नेमकिपाका केन्द्रीय सदस्य एवम् नगर अध्यक्ष नारायण बहादुर दुवालको प्रमुख आतिथ्यतामा जुममा बिहिबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टी केन्द्रीय समितिका सदस्य एबम् नगर अध्यक्ष नारायण बहादुर दुवालले दुई तिहाईको प्रधानमन्त्रीलाई भारत तर्फ दक्षिणमा सीमा नियमित गर्न नदिएको, बिआरओ अनुसार सडक सञ्जाल अगाडि बढाउने कार्यमा अवरोध गरेको, सबैधानीक नियुक्ती गर्न अवरोध गरेको, भष्ट्राचारीलाई कार्यवाही गर्न खोज्दा गर्न नदिएको, राष्ट्रिय गौरबको योजनाहरुको ठेक्कादारहरुले काम नगरेकोले ठेक्का रद्द गरी कार्यवाही गर्न र नया“ ठेक्का गर्न नदिएको आदिकारणले संसद विघटनमा पार्टीले स्वाभाविक रुपमा लिएको बताउ“दै यदि संसद भंग नगरे भारतीय ट्रोजन हर्सको रुपमा रहेको साथै भारतीय सहयोगमा ट्रकका ट्रक नेपालमा हतियार पठाई कथित जनयुद्ध गरी १७ हजार नेपालको हत्या गरेका प्रचण्ड प्रधानमन्त्री हुने जसले देशै नरहने स्थिति भएकोले संसद विघटनलाई पार्टी सकारात्मक रुपमा लिई नया“ जनादेश लिए जनताले गल्ती गरेकाहरुलाई सजा“य दिने अवसरको रुपमा हुने बताउनुभयो । त्यसैले कार्यकर्ताहरु चुनाव हुने सम्भावना बढी नै छ भन्नुभयो ।
कार्यक्रम नेमकिपा भनपा ९ दत्तात्रय समितिका अध्यक्ष संजय मानन्धरको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा उहा“ले श्रमिकको सम्पादकीयमा रहेको के अब नेपालमा घोडा फेरिदैं छ ? शिर्षकमा र लव जिहाद को इतिहास कसरी संघ परिवारले एक खतरनाक र काल्पनिक विचारलाई अगाडि बढायो भन्ने शिर्षकमा, सचिब रामकृष्ण प्रजापतिले प्रज्ज्वलको के भारत नेपालमा स्थिरता चाहन्छ ? भन्ने शिर्षकमा, केबि प्रजापतिले माओको व्यक्तित्वका आयामहरु भने शिर्षकमा, विशेश्वर मानन्धरले जो आगोसंग खेल्छ, आगो मै मर्छ । जो पानीसंग खेल्छ, पानी मै मर्छ । भन्ने शिर्षकमा रहेको एकक्षण कोलमको र कृष्णश्वरी दुवालले महामारी संक्रमण तिब्र हुने खतरा छ । भने पाठक स्तम्भ बारे अन्तरक्रियामा आ–आफ्नो धारणा राख्नु भएको थियो ।