भक्तपुर जगातीमा समवेदना व्यक्त 


चैत २०, २०८१, बिहीबार | विहान ०१:०४ बजे | 45


भक्तपुर जगातीमा समवेदना व्यक्त 

भक्तपुर, २० चैत । बागमती प्रदेश बक्सिङ संघ तदर्थ समितिका संयोजक रामचन्द्र थापामगरको नेतृत्वमा ललितपुर जिल्ला बक्सिङ संघका अध्यक्ष श्री ओम नारायण श्रेष्ठका ससुरा बुबा गंगा बहादुर कर्मचार्यको मिति २०८१।१२।१४ गते विहिबारका दिन असमायिक निधन भएकोमा बुधबार मृतकको भक्तपुर जगातीमा समवेदना व्यक्त गरेको छ ।
    बागमती प्रदेश बक्सिङ संघ तदर्थ समितिका रामकृष्ण प्रजापतिले गंगाबहादुर कर्मचार्यको असमायिक निधन भएको हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदन व्यक्त गर्नुभयो । उहाँले श्रद्धाञ्जली तस्विर हस्तातरण गरी एक मिनेट मौन धारन गरेको समेत जानकारी दिनुभयो । समवेदना कार्यक्रममा ओम नारायण श्रेष्ठ, सन्तोष आलेमगर, ताराराम श्रेष्ठ, विनोद थापाको समेत उपस्थित रहेको थियो ।
    
    
 

Comments