क्रान्तिकारी कम्युनिष्ट पार्टी निरन्तर अगाडि बढिरहे


चैत १९, २०८१, बुधबार | विहान ०२:४२ बजे | 105


क्रान्तिकारी कम्युनिष्ट पार्टी निरन्तर अगाडि बढिरहे

काठमाण्डौ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले जनसम्बन्ध विस्तार अभियानका लागि केन्द्रबाट गठन गरेको ४ वटै टोलीले जनताका बीचमा प्रचार प्रसार ,सदस्यता वितरण ,जनभेटघाट, वालपेन्टिङ ,सभा,जुलुस ,श्रम शिविर ,साँस्कृतिक प्रस्तुति लगायतका कार्यक्रम सम्पन्न गर्दै निरन्तर अगाडि बढिरहेको छ ।  क्रान्तिकारी कम्यूनिष्ट पार्टी नेपालको भेरी कर्णाली ३ नम्बर ब्यूरोले बिरेन्द्रनगर सुर्खेतमा पत्रकार सम्मेलनको आयोजना गरी जनसम्बन्ध बिस्तार अभियान बारे र देशमा अहिले दलाल सत्ताको भ्रष्टाचार र राजावादीको प्रतिगमनकारी आन्दोलनका बारेमा धारणा व्यक्त गरिएको थियो । टोली नेता हेमन्तप्रकाश ओली सुदर्शनले पार्टीव्दारा संचालन गरिरहेको अभियान र समसामयिक बिषयमा प्रस्ट्याउदै पत्रकारले सोधेका प्रश्नको जबाफ दिनु भएको थियो । वर्तमान राजावादी र गणतन्त्रवादीहरुको भूमिकाका विषयमा पार्टींको धारणा राख्नु भएको थियो । कार्यक्रमको अध्यक्षता ३ नम्बर ब्यूरो सचिब प्रकाश उर्जा र सञ्चालन किरणले गर्नु भएको थियो । टोलीले सुर्खेतको चौकुने गाउँपालिको मुटुमा कोणसभा सम्पन्न गरेको छ । पार्टीका पिविएम धनेश्वर पोख्रेल, २ नं व्यूरो इञ्चार्ज रामबहादुर थारु , अखिल क्रान्तिकारीका सचिवालय सदस्य नविन खड्काले वर्तमान राजनीतिक परिस्थितिका विषयमा प्रकाश पार्नु भएको थियो ।पार्टीका सुर्खेत जिल्ला सचिव रत्नओलीले कार्यक्रमको सहजिकरण गर्नु भएको थियो । टोलीले पञ्चपुरी गापाको विद्यापुरमा कोण सभा सम्पन्न गरेको छ । सो कार्यक्रममा विद्यार्थी नेता नविन खड्का र पार्टी का केस कर्णबहादुर विसीले वर्तमान राज्यको शिक्षा नीति र विश्वविद्यालयमा भैरहेको स्ववियु निर्वाचनका विषयमा धारण राख्नु भएको र दिनेश थापाले सहजिकरण गर्नु भएको थियो । 

 

Comments