भक्तपुरका पत्रकार प्रशाशन अगाडि धर्नामा 


चैत १७, २०८१, सोमबार | विहान ११:३१ बजे | 120


भक्तपुरका पत्रकार प्रशाशन अगाडि धर्नामा 

भक्तपुर । चैत १५ गते आन्दोलनमा भएको पत्रकार हत्याको विरोधमा सोमबार जिल्ला प्रशाशन कार्यालय भक्तपुरमा धर्ना बसियो । आन्दोलनको क्रममा पत्रकार सुरेश रजकको हत्या, सञ्चार गृह, सन्चार्कर्मीहरुमाथि भएको आक्रमणको विरोध गर्दै धर्ना बसेको हो । धर्नामा दोषीलाई कारबाही तथा क्षतिपूर्तिको माग गरियो । नेपाल पत्रकार महासंघ भक्तपुर शाखाद्वारा जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापन पत्र पनि बुझाइयो । 

Comments