भक्तपुरका गणतन्त्रवादी एक ः चारबुँंदे एक्यवद्धतापत्र सार्वजनिक 


चैत १७, २०८१, सोमबार | विहान ०४:५२ बजे | 40


भक्तपुरका गणतन्त्रवादी एक ः चारबुँंदे एक्यवद्धतापत्र सार्वजनिक 

भक्तपुर । गणतन्त्रलाई जोगाउन भक्तपुरका राजनीतिक दलहरु एकमत भएका छन् । उनीहरुले सोमबार पत्रकार सम्मेलन गरी संयुक्त हस्ताक्षरसहितको एक्यवद्धतापत्र पनि सार्वजनिक गरेका छन् । एक्येवद्धता पत्र चारबुँंदे छ । कार्यक्रममा नेकपा एमाले भक्तपुरका अध्यक्ष वचन देउजाले एक्यवद्धतापत्र पढेर सुनाएका थिए ।
एक्यवद्धतापत्रमा जिल्लाका ६ वटा राजनीतिक दलका प्रमुखहरुले हस्ताक्षर रहेका छन् । नेपाली कांग्रेसका सभापति दुलर्भ थापा, नेकपा एमालेका अध्यक्ष वचन देउजा, नेकपा माओवादी केन्द्रका संयोजक सुनिल गोठे बासु, नेकपा एसका अध्यक्ष श्याम वस्नेत, नेपाल समाजवादी पार्टीका नेता श्रीराम खाइजू र नेकपाका सेक्रेटरी आर्यान सीले हस्ताक्षर गरेका छन् ।  
 

Comments