जेष्ठ सदस्यको एकदिने धार्मिक भ्रमण तथा विभिन्न तालिम हुने


चैत १६, २०८१, आइतबार | दिउँसो ०२:०३ बजे | 140


जेष्ठ सदस्यको एकदिने धार्मिक भ्रमण तथा विभिन्न तालिम हुने

भक्तपुर, चैत १७ । उदय बचत तथा ऋण सहकारी संस्थाले यहीँ मिति चैत २३ गते जेष्ठ सदस्यलाई एकदिने धार्मिक भ्रमण गराउने संचालक समितिको निर्णय गरेको छ । संस्थाले ६० वर्ष माथिका हिड्डुल गर्नसक्ने जेष्ठ सदस्यहरूको मानसिक तथा शारीरिक रूपमा स्वस्थ बनाउन हरेक वर्ष जेष्ठ सदस्यहरूको भ्रमण गराउँदै आएको छ । 

काभ्रेको पलाञ्चोक भगवती स्थानमा भ्रमणको लागि इच्छुक जेष्ठ सदस्यले यहीँ चैत २१ गते बिहीबारभित्र नाम दर्ता गर्न सकिने संस्थाका व्यवस्थापक पूण्यराम गोसाईले जानकारी दिएको छ । साथै संस्थाको महिला उपसमितिको आयोजनामा २०८१ बैशाख ७ गतेदेखि १२ गतेसम्म बेलुकी ५ बजेदेखि ७ बजेसम्म हुने एक हप्ते बेहुली मखमली व्याग बनाउने तथा एकहप्ते स्वश्रृंगार मेकअप तालिममा सहभागिता जनाउन बैशाख ६ गतेभित्र नाम दर्ता गर्न व्यवस्थापक गोसाईले जानकारी दिएका छन् ।

Comments