लोडसेडिग दोहरिन सक्छ ः ज्ञवाली
पुष १६, २०७७, बिहीबार | दिउँसो ०१:४९ बजे | 30
काठमाडौं । पूर्व जलस्रोत मन्त्री दीपक ज्ञवालीले लोडसेडिग दोहरिन सक्ने सम्भावना व्यक्त गरेका छन । फ्रेन्डसिप फोरम फर नेपालीज जर्नालिष्टको आयोजनामा बिहीबार काठमाडौं आयोजना गरेको ‘दक्षिण एसियाको जलस्रोत र नेपालको दृष्टि’ विषयक अन्र्तक्रिया कार्यक्रममा उनले अहिलेको लोडसेडिंग दीर्घकालिन रुपमा समाधान नभएको बताए ।
कार्यक्रममा ऊर्जा तथा जलस्रोत सचिव मधुसुदन अधिकारीले एकीकृत जलस्रोत ऐन पारित भएपछि नेपालको समृद्धिको सपना साकार पार्न सकिने धारणा राखे ।
‘समृद्ध नेपाल र सुखी नेपाली’को अभियानको लागि नेपालमा रहेका अपार जलस्रोतलाई एकीकृत रुपमा प्रयोग गर्न सकेमात्र बहुउपयोगी हुने उनले धारणा राखे ।
पानीलाई राम्ररी प्रयोग गर्न नसकेमा नेपालमा मात्र होइन क्षेत्रीय स्तरमा द्वन्द्व निम्तिन सक्ने भएकाले सम्बद्ध पक्ष चनाखो हुन जरुरी रहेको उनले बताए ।
कार्यक्रममा पूर्वमुख्यसचिव तथा चीनका लागि पूर्व राजदूत लिलामणी पौडेललेनेपाली ग्राहकहरुलाई यथेष्ट मात्रामा पुगेपछि मात्र नेपालमा उत्पादित विद्युत विदेशमा खपत गर्नुपर्नेमा जोड दिए ।
जलस्रोत विज्ञहरु रतन भण्डारी र गणेश कार्कीले नेपालका जलस्रोतका अवस्था बारे आ–आफ्नो धारणा राखे ।