गोली लागेर घाइते एक जना आन्दोलनकारीको मृत्यु ः ३० जना घाइते
चैत १४, २०८१, शुक्रबार | दिउँसो ०१:०२ बजे | 60
काठमाडौं । राजावादी प्रदर्शनमा घाइते भएका एक जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । काठमाडौंको तीनकुनेमा भएको राजावादी प्रदर्शनका क्रममा घाइते भएका २९ वर्षीय सविन महर्जनको मृत्यु भएको गृह मन्त्रालयले पत्रकार सम्मेलनको आयोजना गरी दिएको हो । यस्तै १५ जना सुरक्षाकर्मी घाइते भएका छन् भने १५ जना नै प्रदर्शनकारीहरू पनि घाइते भएका छन् ।