काठमाडौंमा गोली चल्यो 


चैत १४, २०८१, शुक्रबार | विहान ०९:२१ बजे | 35


काठमाडौंमा गोली चल्यो 

काठमाडौं । काठमाडौंको तीनकुने तनावग्रस्त बनेको छ । त्यसपछि प्रहरीले हवाई फायर गरेको छ ।
घरमा लागेको आगो निभाउन गएको दमकललाई पनि प्रदर्शनकारीले ढुंगा हानेपछि प्रहरीले सुरुमा अश्रुग्याँस प्रहार गरेको थियो । पछि हवाई फायर गरेको हो । त्यसपछि आगो निभाउन नसकी दमकल फर्किएको छ ।
काठमाडौं तीनकुनेमा राजवादीहरुले गणतन्त्र खारेज र राजसंस्था पुनस्र्थापनाको माग सहित आज सभा आयोजना गरेका थिए । तर प्रहरीसँगको धकेलाधकेलले गर्दा तनाव बढेको थियो ।
त्यसपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेर भिडलाई तितरवितर पारेको थियो । लगत्तै एक घरमा तोडफोड र आगजनी भएपछि थप तनाव बढेको छ । अहिले पनि त्यहाँं आन्दोलन जारी छ ।

राजावादीहरुले तीनकुनेमा गर्न लागेको सभा सुरु हुन नपाई बिथोलिएको छ । त्यहाँ नेताहरु देखिएका छैनन् ।

Comments