राजा चाहिए मै छु ः दुर्लभ थापा
चैत १३, २०८१, बिहीबार | दिउँसो १२:५० बजे | 40
मध्यपुर थिमि । नेपाली काँग्रेस भक्तपुरका सभापति एवं संघीय सांसद दुर्लभ थापाले घरघरमा राजा हुँदाहुँंदै पनि राजा किन चाहियो भनी प्रश्न गरेका छन् । गइसकेको राजतन्त्रलाई फर्काउन केही समूह लागेको भन्दै राजा ल्याउने नै हो भने २०८४ सालमा बहुमत ल्याई संविधान शंशोधन गर्न सकिने बताए ।
भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको २९ औँ स्थापना दिवसको विहीबार भक्तपुरमा उदघाटन गर्दै उनले राजाको आवश्यकता नभएको विचार राखे । लोकतन्त्रले सबै नागरिकलाई राजा बनाउने अधिकार दिएको भन्दै अरु कोही राजाको कुनै आवश्यकता नभएको जिकिर गरे । मेरो घरको राजा म आफैं हुँं, उनले भने, मलाई मेरी रानीले राजा भुजा खाना आइस्यो भनेर बोलाउंिछन् । यति हुँंदा हुँंदै राजै चाहिएको हो भने आफैंलाई राजा घोषणा गर्न उनले भने ।
उनले जनचाहानानुसार नेतृत्व परिवर्तन गर्न पाउने अधिकार आम नागरिकलाई भएका कारण व्यवस्था परिवर्तनको आवश्यकता नरहेको उनको भनाई राखे । उनले प्रधानमन्त्री तथा आफ्ना प्रतिनिधिले चित्तबुझ्दो र जनआकांक्षाअनुसार काम गर्न नसके जनताले स्वीकार नगर्ने भन्दै सबैले जनहितमा काम गर्न जरुरी रहेको बताए । उनले एकथरी पार्टीहरू मिसन ०८४ भन्दै हिँडेको उल्लेख गर्दै काम गर्न कुनै वर्ष कुर्न नपर्ने बताए ।
थापाले भने‚ ‘नेपालमा न कुनै आन्दोलनको आवश्यकता छ न त व्यवस्था परिवर्तनको आवश्यकता न राजाको आवश्यकता छ न त कुनै रानीको आवश्यकता । प्रत्येक नागरिकलाई राजा बनाउने अधिकार लोकतन्त्रले दिएको उनको भनाई छ । त्यसकारण तपाईंहरु सबै राजा हुनुहुन्छ, उनले भने । मुलुकले थप अन्धकार र आन्दोलन थेग्न नसक्ने उल्लेख गर्दै उनले संविधानले नचिन्ने राजा ल्याउन लहलहैमा नलाग्न समेत आग्रह गरे ।